गैर आवाशीय नेपाली संघ स्पेनको बैठक बिबिध महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार ११:२९

भोला लामिछाने , यूरोप ।
गैर आवाशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको यही ३० नोवेम्बर २०१४ मा परिषदका अध्यक्ष श्री एकराज गिरीको अध्यक्षतामा बसेकोबैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको छ । बैठकले स्पेनको zaragosa स्थीत जेलमा रहेका एक नेपालीको स्थिती बुझी आबश्यककानुनी लगायत अन्य सक्दो सहयोग गर्ने निर्णय गरेको छ भने यही नोवेम्बर ८ तारिकमा नेपाली राजादुताबास पेरिसका का बा राजादुत श्री रामबाबुढकालको उपस्थितिमा एन आर एन ए स्पेनको सकृयतामा स्पेनबासी नेपालीहरुको MRP राहादानी आबेदन सन्कलन अभियान सफलअताका साथसम्प्पन्न गरेकोमा सो कार्यमा सहयोग गर्नुहुने स्पेनस्थित बिभिन्न संघ संस्था सम्बद्ध महनुभाबहरु , कार्यसमीतिका पदाधिकारी , सदस्य एबमसल्लहाकारहरु , आइ सी सी सदस्य , का बा राजादुत एबम नेपाली कन्सुलर लुइस बेल्विच देल रिओ लगायत सबैलाई धन्यवाद प्रस्थाब पारीत गरेको छसाथै यही नोवेम्बर १९ , २० र २१ मा एन आर एन ए स्पेन र EICA BARCELONA को संयुक्त आयोजनामा स्पानिशमाझ नेपाली कला सन्स्क्रीतीकोपरिचय गराउने उद्देस्यले सम्पन्न बिबिध कार्यहरु सफलताका साथ सम्पन्न भएको र यसबाट नेपाली कला सन्स्क्रीतिको प्रबर्धनमा सघाउ पुगेको ठहरगर्दै उक्त कार्यक्रममा सहयोग गर्नुहुने ब्यक्ती एबम संघसंस्थाहरु बिशेष गरी अन्तररास्ट्रीय नेपाली कलाकार मन्च स्पेन र सो सम्बद्ध ब्यक्तिहरु अजयलोप्चन , डिक कार्की , बिनोद कटुवाल , नानी नुरिया , करुणा लामिछने ,कबीता लामिछाने , खाना तर्फ नारायणी तिमील्सिना , शीतल भुशाल भुर्तेल ,निलु अवाले श्रेष्ठ , नुतन सेढाईं , चन्दा ढकाल एबम कार्यक्रमा ब्यबस्थापना मा सहयोग गर्नुहुने नेपाली कन्सुलर लुइस बेल्विच देल रिओ, एन आर एनए आइ सी सी सदस्य दीपक खरेल , एन आर एन ए स्पेन अध्यक्ष एकराज गीरी , एन आर एन ए स्पेन प्रबक्ता सन्तोष श्रेष्ठ लगायत सहयोगि सबैलाई धन्यवाद प्रस्थाब पारीत गरेको छ ।यसैगरी सो बैठकमा एन आर एन ए स्पेन द्वारा आयोजित शुभ दीपावली कप २०१४ सफलताकासाथ सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण सहभागि खेलाडी , कार्यक्रम सम्योजक कोषाध्यक्ष हेमन्त रानाभाट लगायत सहयोगि सबैलाई धन्यवाद प्रस्थाब पारीत गरेको छ ।
उक्त बैठकमा एन आर एन ए स्पेन द्वार गठित आर्थिक छानबिन समितिका सम्योजक गोपाल रेग्मीले समितिले गरेका कार्य हरुको बारेमा बैठकलाईजानकारी दिनुभए पस्चात उक्त समितिबाट एन आर एन ए स्पेनलाई १४ डिसेम्बर २०१४ मा प्रतिबेदन पेश गर्ने गरी समय तोकिएको छ । यसैगरी एनआर एन ए स्पेन ले स्पेनवासी नेपाली हरुको तर्फबाट स्पेनमा नेपाली राजादुताबास स्थापना गर्नको लागि नेपाल सरकार समक्ष् पहल स्वरुप यथाशीघ्रछिटो एन आर एन ए स्पेनको नेत्रित्वमा स्पेनस्थीत सम्पूर्ण संघ संस्थाहरु सम्मीलित एक प्रतीनीधी मन्डल नेपाल जाने र सो को लागि नेपाल सरकारलाई दवाब स्वरुप स्पेनवासी नेपालीहरुको हस्ताक्षर सन्कलन अभीयान सन्चालन गरी सरकारलाई बुझाउने समेत निर्णय गरिएको छ भने एनआर एन ए आइ सी सी सल्लाहाकार श्री पुष्पराज तीमिल्शीना द्वारा हालै नेपाल बसाइको क्रममा नेपालका बिभिन्न सरकारी निकायमा गरेको पहलकोजानकारी लिदै बैठकमा उहाले गरेका पहल कदमको प्रशाम्शा गरिएको थियो ।
एन आर एन ए स्पेनको नोवेम्बर महिनाको उक्त नीयमीत बैठकमा एन आर एन ए स्पेनको अनुशासन समितिको तर्फबाट समितिका सदस्य श्री दिनेशगुरुङ द्वारा उक्त समीतीलाई गत जुन महिनामा एन आर एन ए स्पेनको आयोजनामा बार्सिलोनामा सम्पन्न सातौ एन आर एन ए यूरोपियन क्षेत्रीयबैठक तथा पाचौ महीला सम्मेलनमा बोलाइएका पहुनाहरुको सम्बन्धमा अनियमितता भएको भन्ने सम्बन्धमा छानबिन गरी सत्य तथ्य पत्तालगाउन जिम्मेवारी दिए बमोजिम समितिको प्रतिबेदन कार्यसमिती समक्ष पेश गर्नुभएको थियो । प्रतिबेदन प्रस्तुत गर्दै सदस्य गुरुङ्ले उक्तसमितिले छानबिनको प्रकृयाको क्रममा गरेका कार्यहरुको बारेमा समितिलाई जानकारी गराउदै अनियमितता भएको बारे अनुशान समितिले कुनैतथ्यगत प्रमाण फेला नपरेकोले अनियमितता नभएको ठहर सहितको प्रतिबेदन पेश गर्नुभएको थियो । उक्त प्रतिबेदन उपर बैठकमा उपस्थित एन आरएन ए आइ सी सी सल्लहाकार पुष्पराज तिमील्सिना , आइ सी सी सदस्य दीपक खरेल , नेपाली जन संपर्क समीती स्पेनका अध्यक्ष सालीकराम डुम्रे ,प्रवाशी मन्च स्पेनका अध्यक्ष मुक्त गुरुङ , नेपाली जनप्रगतीशील मन्च स्पेनका अध्यक्ष महेश्वर कंडेल , नेपाली जनप्रगतीशील मन्च स्पेनका अध्यक्षईश्वर शर्मा , तमु समाज बार्सिलोना स्पेनका अध्यक्ष ज्योति गुरुङ , एन आर एन ए स्पेनका सल्लाहाकार गोपाल रेग्मी , एन आर एन ए स्पेनकासल्लाहाकार बिष्णु रिजाल लगायत कार्यसमितिका पदाधिकारी एबम सदस्यहरुले प्रतिबेदनका सम्बन्धमा अाआफ्नो धारणा राख्नु भएको थियो ।उक्त छलफल पस्चात अनुशासन समितिले गहन परिश्रम गरी छानबिन प्रकृया अगाडि बडाई प्रतिबेदन तयार परेकोमा कार्यसमितिको बैठकबाटअनुशासन समितिलाई धन्यवाद प्रस्थाब पारीत गर्दै स्पेन स्थित सात संगठन ( अन्तर संगठन ) बाट गैर आवाशीय नेपाली संघ स्पेन समक्ष राखेकासवालहरुमा सहमति जनाउदै संघका उपाध्यक्ष श्री निरज कुमार पोख्रेल बाट अनुसन्धानको प्रकृयामा केही ढिलाई गर्नुभएकोमा कार्यसमीति समक्षढिलाईको कारण क्षमा माग्नुभएकोमा यसलाई स्वीकार गर्दै अनुशासन समितिको प्रतिबेदनलाई पारीत गरिएको छ साथै उपाध्यक्ष श्री निरज कुमारपोख्रेल प्रती गरिएका सम्पूर्ण कारवाहिहरु फुकुवा गरिएको छ ।

प्रतिक्रिया