काशी पोखरेल
बाँके २६ मङ्सिर । बाँकेको खजुराको न्यु डाँफे स्पोर्टस क्लब बागेश्वरीका ६ जना खेलाडी भारतीय सेनामा भर्ती भएका छन् । छनौट भएका ६ जना नै बिहीवार भारतीय सेनामा भर्ना हुन गोरखपुर प्रस्थान गरेका छन् ।
हालै नेपालगन्जमा भएको भारतीय सेनाको छनौटमा बागेश्वरी–१ का विशाल थापा, बागेश्वरी–४ का प्रभात भनिने हृदयशंकर सुनार र अमृत थापा, बागेश्वरी–२ का सुरज गुरुङ, बागेश्वरी–९ का राम बहादुर सुनार, बागेश्वरी–१ का मिलन गुरुङ छनौट भएका छन् ।
प्रस्थान गर्नुअघि क्लबका अध्यक्ष तिलकबिर सुनार, उपाध्यक्ष काबुल घर्ती, सचिव, मोतिबहादुर थापा, कोषाध्यक्ष टोपेन्द्र घर्ती लगायत आफन्त, परिवारले खजुरामा नेपाली टोपी, खादासहित सम्मान गर्दै नेपालीको नाम भारतीय सेनामा अब्बल राख्न आग्रह गरेका छन् ।
क्लबका अध्यक्ष सुनारले क्लबका खेलिरहका युवाहरु भारतीय सेनामा छनौट भएको बधाई दिँदै नेपाल र नेपालीको नाम भारतमा समेत उच्च राख्न आग्रह गरेका छन् । उनीहरुले पनि देश इज्जत र प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता जनाएका छन् । नेपाल भुपु विकास सैनिक जिल्ला समितिको रहोबरमा नेपालगन्जमा भएकोे लाहुरे भर्तीमा २४१ जनामा अन्तिम छनौटमा परी भारतीय सेना भएको समितिका जिल्ला सचिव भिमबहादुर रानाले जानकारी दिए । उनीहरु धमाधाम भारतीय सेनामा जागिर खान भारततिर लागेको छ । भेरी, सेती, महाकाली र कर्णालीको लागि नेपालगन्जमा भएको छनौटका लागि १ हजार २०० बढीले आवेदन गरेका थिए ।
प्रतिक्रिया