विद्यालय बन्द गरेर सांस्कृतिक कार्यक्रम, जिल्ला शिक्षा कार्यालय मौन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार ०६:१०

sodan_shing_1

सम्राट सिंह / बझाङ, २६  मङ्सिर ।
बझाङ जिल्लामा रहेको एक विद्यालय बन्द गरेर सांस्कृतिक कार्यक्रम संञ्चालन गरेको छ । बागथलामा रहेको शिक्षाद्घोय उच्च माध्यामिक विद्यालय बन्द गरेर सांस्कृतिक कार्यक्रम संञ्चालन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिसँग समन्वय गरी आरपी इन्टर प्राइजेजले बाहिरी जिल्लाका कलाकारहरु मार्फत बुधबारबाट सांस्कृतिक कार्यक्रम संञ्चालन गर्दै आएको छ । यसरी ५ दिन सम्म विद्यालय बन्द गरेर विद्यार्थीको पठनपाठन अवरुद्घ हुँदा समेत जिल्ला शिक्षा कार्यालय मौन बसेको छ ।
विद्यालय र विद्यालय व्यवस्थापन समितिले विद्यार्थीको भविश्यमाथी खेलवाड गरीरहेको नाम नबताउने शत्र्रमा एक अभिभावकले बताए । उनले विद्यालय नै बन्द गरेर विद्यालयमा सांस्कृतिक कार्यक्रम संञ्चालन गर्नु उपयुक्त नभएको गुनासो गरे । जिल्ला प्रसाशन र जिल्ला शिक्षा कार्यालयले विद्यालयमा तत्काल सांस्कतिक कार्यक्रम स्थगित गरी पठन पाठन शुरु गर्नुपर्ने उहाँको भनाइ छ ।
यसभन्दा अगाडि पनि आरपी इन्टर पाइजेजका प्रोपाइटर आरपी मल्लले देउलेक र सुनकुडा गाविसका विद्यालयहरुमा समेत विद्यालय बन्द गरेर सांस्कृतिक कार्यक्रम संच्चालन गरेको थियो । यसरी विद्यालय बन्द हुँदा साना कक्षा देखि नजिकिदै गरेको एसएलसी परिक्षा दिने विद्यार्थीहरुको पाठ्यक्रम पुरा नहुँने देखिन्छ ।
शिक्षाद्घोय उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिले जाडो बिदामा विद्यालयको बिदा घटाउने गरी सांस्कृतिक कार्यक्रमका लागि बिदा दिएको जिल्ला शिक्षा कार्यालयका निमित्त प्रमुख मदन कुमार थापाले बताए । समितिको निर्णय जिल्ला शिक्षा कार्यालयमा नपुगेको र समितिका पदाधिकारीले फोन मार्फत आफुलाई जानकारी दिएको उहाँको भनाइ छ ।
समयमै पाठ्यक्रम नपुग्ने बझाङ जिल्लामा पाठ्यक्रम पुगेपनि विद्यालयमा नियमित पढाइ नहुँने गर्नाले जिल्लाका विद्यार्थीको पढाइ कमजोर हुने गरेको छ भने केही विद्यालयमा विगतका एसएलसि परिक्षाको नतिजामा एक जना विद्यार्थी पनि उत्तिर्ण नभएको पाइएको छ । शिक्षक र विद्यालय व्यवस्थापन समितिले विद्यालय बन्द गरी विद्यार्थीको पढाइ भन्दा पनि सांस्कृतिक कार्यक्रम,मेला,पर्वलाई जोड दिदा विद्यार्थीको पढाई कमजोर हुदै गएको हो ।
सरकार तोकेको बिदा बाहेक अन्य दिनमा विद्यालयमा नियमित पढाइ हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए । विद्यालयमा तत्काल सांस्कृतिक कार्यक्रम बन्द गरी नियमित पठनपाठन संञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१