पत्रकारलाई धम्क्याउने अभियुक्त प्रहरीकोे नियन्त्रणमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ मंसिर २०७१, शुक्रबार ०६:०२

rnewsएस.पी.गौरब / सिरहा २६  मंसीर ।
सार्वजानिक मुद्दा लागेका एक फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यलय लहानले पक्राउ गरी सार्वजानिक गरेको हो ।पक्राउ पर्नेमा धनगढी २ जिरोमाईल निवासी देवनाथ यादब रहेका छन् । पक्राउ परेका यादवले लहानका दुई संचारकर्मी संतोष यादव र विजय यादवलाई ज्यान मार्ने धम्की दिएका थिए । पत्रकार यादबद्धयले दिएको उजुरीको आधारमा उनलाई बुधवार आफ्नै घरमा नै लुकि रहेको अवस्थामा घरबाटै पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । पक्राउ परेका यादवले नाम परिवर्तन गरी आफूलाई शिवशंकर यादब बताउँदै ९८१५७२६१२१ नम्बरबाट फोन गरी मंसिर ५ गते साँझ ज्यान मार्ने धम्की दिएका थिए । त्यसपछि पत्रकार द्धय यादबले धम्की दिनेलाई आवश्यक कारबाही गर्न ईलाका प्रहरी कार्यालय लहानमा मंसिर १२ गते किटानी जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीको आधारमा प्रहरीेले पक्राउ गर्ने थाहा पाए पछि धम्की दिने यादब फरार रहेका थिए ।प्रहरीका अनुसार पक्राउ परेका यादब सगरमाथा म्याजिक माइक्रो व्यवसायी संघ लहान सिरहाका सदस्य पनि रहेका छन ।क्षमता भन्दा बढी यात्रु चढाउँदा म्याजिक गाडीको विषयमा पत्रकारद्य यादबले समाचार लेखेको थिए । सोही कारण पत्रकारद्यलाई ज्यान मार्ने धम्की दिएको अनुसन्धानबाट प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१