अनुसन्धानात्मक नतिजा, वीर्यले फेसियल मसाज गरे जवान रहिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७१, बिहीबार १६:२९

पुरुष वीर्यको काम के हो ? जसको पनि जवाफ हुनेछ, सन्तानोत्पादन गर्न । तर, बेलायतकी एक महिलाका लागि यसको जवाफ भने अर्कै छ ।

एक बेस्ट सेलिङ पुस्तक ‘थ्रि फेसेस अफ सेक्स’ की लेखक स्टेला रलफिनीले अनुहारको सुन्दरताका लागि वीर्यको मसाज गर्छिन् । लण्डनकी ६७ वर्षीया स्टेलाले अनुहारको छालालाई सुन्दर बनाउन वीर्यले मसाज गरिसकेपछि १५ मिनेटसम्म राख्छिन् ।
यसबाट अनुहार सुन्दर देखिने उनको भनाई छ । ‘तर, वीर्यको फेसियल मसाजका लागि एक ब्वाईफ्रेण्ड या तपाईंलाई माया गर्ने पार्टनर भने चाहिन्छ, असल वीर्यका लागि उसलाई पोषणयुक्त खाना खुवाउनुपर्छ ।’ स्टेला भन्छिन् ।
वीर्य मसाजबाट अनुहारमा परेको चाउरीसमेत हट्ने उनले बताइन् । आफूलाई यो आइडिया एक भारतीय महिलाले दिएको स्टेलाको भनाई छ । ‘भारत भ्रमणका क्रममा मैले एक सुन्दर भारतीय महिलासँग उनको सुन्दरताको रहस्य सोधें, उनले अनुहारमा वीर्यको मसाज गर्ने बताएपछि मैले पनि सुरु गरें’ स्टेलाले भनिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१