बदलिँदो समाज, चुनौती र समाधान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७१, बिहीबार ०६:३४

kabi

कविता शर्मा । हाम्रो समाज २०४६ सालको राजनीतिक परिवर्तनपछि बिस्तारै गाउँबाट सहर, सहरबाट, राजधानी, राजधानीबाट बिदेसिने क्रम बढ्दो छ । हरेक मानिस अवसर र सुखद जीवनका लागि दिनरात नभनी गतिशील छ । आफूले जेजस्तो जीवनयापन गरे पनि आफ्ना सन्तानले त्यसभन्दा राम्रो जीवनयापन गरून् भन्ने चाहना गर्दछ  । अझ आएर २०५२ सालबाट सुरु भएको माओवादी आन्दोलन जसले २०६२ सालसम्ममा जुन अवस्था ल्यायो त्यसबाट नेपाली समाजको सोचमा आमूल परिवर्तन आयो ।

एकप्रकारले सामाजिक जीवन बिताएर आएको हामीभन्दा अगाडिको पुस्ता र त्यस सामाजिक जीवनलाई हामीले पनि थोरबहुत अनुभव गर्न पायाँै र धेरै सुनेका पनि छौँ । लामो समयसम्म निश्चित सामाजिक वातावरणमा रहेको हाम्रो परिवेशमा थोरै समयमा नै आएको आमूल परिवर्तनले सामाजिक वातावरणमा पनि परिवर्तन ल्यायो । घरआँगनमा रमाउने र त्यसभन्दा बाहिर निस्कन नपाउने समाजको आधा पाटो महिला वर्गलाई यस परिवर्तनले घरसमाजबाट राजनीतिक र बाह्य समाजमा समेत नजिकिने मौका प्रदान ग¥यो । यसको फलस्वरूप नेपाली महिलाहरू बिस्तारैबिस्तारै रोजगारीको सिलसिलामा विश्वका विभिन्न मुलुकहरूमा पुग्न थाले । यो हाम्रो समाजमा परिवर्तन हुने मूल कारणको रूपमा भित्रियो । जब महिला वर्गले समाजलाई परिवर्तन गर्न चाहन्छ वा बाध्य बनाउँछ त्यसको अगाडि पुरुषवर्गका कुनै पनि दबावले थेग्न नसक्ने उदाहरण प्रस्तुत गरिसकेको छ ।

राजनीतिक परिवर्तनले हाम्रो समाजमा आजसम्ममा आमूल परिवर्तन ल्याएको छ र परिणामतः समाजमा एक प्रकारले अस्वस्थ र अन्तर्मुखी प्रतिस्पर्धालाई अङ्गीकार पनि गरेको छ । प्रायजसो परिवारका सदस्यहरूले जीवनयापनलाई सहज र सरल बनाउने सिलसिलामा बिदेसिने क्रम बढेको छ, चाहे जुनसुकै सामाजिक हैसियत भएको उसको परिवार किन नहोस् । अनि अब त हाम्रो देश पनि युरोपियन वा अमेरिकनको जस्तो सामाजिक वातावरणका पछाडि बिस्तारै दगुर्न बाध्य हुन पुगेको छ ।

हिजो सुखद र सरल जीवनका लागि बजारमुखी बन्दै गएको हाम्रो समाज आज अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धाका लागि तयार हुनुपर्ने अवस्था आइसकेको छ । यसको मुख्य कारण हामी सुविधामुखी बन्नु नै हो र अरूले भोगेको सुखसुविधालाईजुनसुकै तरिकाले भए पनि पाउनै पर्ने मानसिक अवस्थाको विकास हुँदै आएको छ । यसले गर्दा आफूभित्रै अस्वस्थ अन्तर्मुखी प्रतिस्पर्धाको विकास हुँदो छ । परिणामस्वरूप हामी आफूले आफूलाई सधैँ नै समयको दास बनाउनुपर्ने अवस्थाको सिर्जना भएको छ भने यस अवस्थाले गर्दा मबाट जिम्मेबारी बढेर हामीमा गयो । हिजो घरव्यवहार र छोराछोरीमा सीमित रहेको महिला वर्ग अब पुरुष वा ऊभन्दा एक कदम अगाडि बढेर आफ्नो र आफ्ना सन्तानको प्रत्येक आवश्यकताको परिपूर्तिका लागि आफूलाई अरूभन्दा सुविधासम्पन्न देखाउन अग्रसर भइरहेका छन् ।

जब परिवारका लागि दुवै सदस्यहरू ती उद्देश्य पूर्तिका लागि दौडधुप गरिरहेका हुन्छन्, समाजमा त्यसभन्दा अगाडिको शारीरिक अवस्थाले वृद्ध हुँदै गएको पिँढी र समाजमा आएको आमूल परिवर्तनलाई सहज रूपमा आत्मसात् गर्न असमर्थ हँुदै जान्छन् । यस अवस्थामा उसको स्वास्थ्य र चाहनाप्रति परिवारका जिम्मेवार व्यक्तिहरूले समय र सेवा उपलब्ध गराउन नसक्ने परिस्थितिको सिर्जना हँुदै गएको छ । सामाजिक रूपमा यी कुराहरूलाई कोहीले सहज रूपमा लिए तापनि कतिपयले बाध्यतालाई लुकाउनुपर्ने अवस्था रहेको छ ।

हाम्रो जेठो पिँढी बाह्य रूपमा जसरी जीवनयापन गरे पनि भित्री रूपमा उसको परिवारबाट सन्तुष्टि पाउने अवस्थामा छैन चाहे उसका छोराबुहारी, नातिनातिनाहरूले बाध्य भएर मुसुक्क हाँसेर दुईशब्द मीठो बोलेका किन नहुन् ।

एकपटक विचार गरेर हेराँै न हाम्रो परिवेशलाई, जब घरका दुवै श्रीमान्श्रीमती बिहानबेलुकाबाहेक घरमा समय दिन नसक्ने भइसकेका हुन्छन्, दिनभरिको भागदौड अनि मानसिक तनाव बोकेर जब उनीहरू आफ्नो घरमा आउँछन् त्यसबेला पनि उनीहरूले घरभित्र सहज र सरल वातावरण पाउन र बनाउन सकेका हुँदैनन् । आउनेबित्तिकै आफ्ना आमाबुबा वा सासुससुरा या बिरामी अवस्थामा रहेका अभिभावकलाई समय दिनुपर्ने तथा उनीहरूको खानपिन, औषधी र सरसफाइदेखि लिएर अन्य जेजस्ता अप्ठ्यारो परिस्थिति आएका हुन्छन् त्यसैमा आफूलाई बाध्य भई ढाल्नुपर्ने हुन्छ । ती सबै हँुदाखेरि पनि अभिभावकहरूलाई पर्याप्त समय दिन सकिएको छैन भने अर्काेतिर आफ्नो शरीरलाई पनि तन्दुरुस्त र मानसिक रूपमा तनावमुक्त राख्न सकिन्न । परिणामस्वरूप छोराछोरीहरूमा दिनुपर्ने समयको कमीले उनीहरूमा एक्लोपन आइरहेको पाइन्छ । उनीहरू आमाबुबासँग रमाउनमा भन्दा टिभी कम्प्युटर या फेसबुकजस्ता विद्युतीय साधनहरूमा रमाउने अवस्थाको सिर्जना भइरहेको छ । यी तनावबाट मुक्त हुन उनीहरू पनि घरबाट बाहिर निस्केर बाह्य दुनियाँमा रमाउन खोजेको पाइन्छ । यसको परिणामस्वरूप युवा पुस्ता प्लसटु क्लास पास गर्दागर्दै बिदेसिनका लागि तयार भएको देखिन्छ । यसको मुख्य कारण उसमा आएको एक्लोपनको विकास भएको अन्तर्मुखी स्वभाव नै हो । त्यसले उनीहरू १८२० वर्षको उमेरमा नै बाबुआमा र घरपरिवारबाट टाढा हँुदै गइरहेका छन् ।

आखिर हाम्रो परिवारमा यस्तो वातावरण कसरी आयो ? किन हामीले हाम्रा सन्तान र अग्रजलाई हामीसँगै रमाउने वातावरण सिर्जना गर्न सकेका छैनौँ । हामीले यिनै परिस्थितिको अध्ययन र विश्लेष्ण गरेर र पश्चिमी देशहरूमा भएको एक्लो जीवनयापनको अवस्थालाई लामो समयसम्म आफँैले अनुभव गरेर हेरेका छौँ ।  हाम्रो समाजमा किन यस्तो बाध्यकारी अवस्थाको सिर्जना भयो त भन्ने विषयले नै यस सोचको विकास भएको हो । आज यसरी हामी तपाईँहरूको व्यक्तिगत जीवनलाई सहज र सरल बनाउन यो सिटिजन केयर नेपाल लिएर आएका छौँ ।

के हो त सिटिजन केयर नेपाल ?

एकशब्दमा भन्नुपर्दा यो वृद्धावस्थाका लागि आवासगृह हो ।

 तपाईँलाई तपाईँको शारीरिक र मानसिक तनावबाट मुक्त गर्न तपाईँको उत्तरदायित्वलाई सहज बनाउन स्थापना गरेको संस्था नै सिटिजन केयर हो । अब आउनुहोस् तपाईँको समस्यालाई समाधान गर्न हामी तम्तयार छौँ । हामीसँग हातमा हात मिलाउनुहोस्, तपाईँको समस्या समधान गर्न हामी अग्रसर छौँ ।

अहिलेको हाम्रो समाजमा देखिएका वृद्धवृद्धाहरूका लागि खोलिएका आवासगृहहरूको अवस्थालाई हेर्दा लगभग सबै सङ्घसंस्थाहरूको निजी आयबाट सञ्चालन गरिएका पाइन्छन् । समस्याको आकार यति ठूलो भएका बेलामा समेत कम्पनीको रूपमा सञ्चालन गरेको पाइएको छैन, जो भएका छन् तिनको आर्थिक, भौतिक आदि समस्या डरलाग्दो गरी बढ्दै छ । त्यस्ता सङ्घसस्थाहरूबाट सञ्चालित वृद्धाश्रमहरूको अवस्था दयनीय र कहालिलाग्दो देखिन्छ । यही कारण हो वृद्धाश्रम भन्नेबित्तिकै हाम्रो समाजमा अपहेलनाका दृष्टिकोणले हेरिनुको ।

त्यहाँ लगेर अभिभावकहरूलाई छोडी सन्तानले आफ्नो दायित्वबाट पन्छिन खोजेको मात्र पाइन्छ । एक सचेत र सक्षम सन्तान भएकाले त्यस्तो अवस्थामा हामी हाम्रा अभिभावकहरूलाई वृद्धआश्रममा राख्न नै सङ्कुचित हुन्छौँ । परिणामस्वरूप आफ्नै घरमा बसेर पनि घरका ज्येष्ठ सदस्यहरूमा एक्लोपन महसुस हुनु, राम्रो रेखदेख नपाउनु, समयमा औषधिउपचार नपाउनु र सदैव सबैको बोझ बनेर बसेको महसुस गरेको पाइन्छ ।

अब यस्तो परिस्थितिमा कतिन्जेल आफ्नो आत्मसम्मान मारेर अरूको भरमा बस्न सकिन्छ ? किन आफ्नो जवानीमा आफूले केही जोरजाम गरेको सम्पत्तिले आफू बाँचुन्जेल खुसी र सुखका साथ आफ्नो आत्मसम्मानलाई जोगाई, अरूको बोझ नबनी खुसी साथ किन नबस्ने त ?

यी सबै कुरालाई मध्यनजर गरी वृद्धवृद्धा र असक्तहरूको आत्मसम्मान जोगाइराख्न, एक्लोपन हुन नदिन, आफ्नो व्यक्तिगत सरसफाइलाई बनाइराख्न र हीनताबोधबाट मुक्त हुने ठाउँ नै हो सिटिजन केयर जसले २४ घण्टा आफ्नो प्रत्यक्ष निगरानीमा सुविधासम्पन्न आवासगृहमा राखी वृद्धवृद्धा र अशक्तहरूको रेखदेख गर्दछ ।

http://www. citizencarenepal.com/

9840017119/9845580995/9851007289

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१