1, तपाइलाई आजको भलाकुसारी जम्काभेटमा स्वागत छ ।
:- धन्यवाद दादा मलाई मायाँ गरेर यो ठाउँ यो स्थान र तपाईहरुको अमुल्य समय दिएर यहाँ संम्म पुर्याउनु भएकोमा कृतज्ञ पनि छु साथै नेपाल पृष्ठभुमी साप्ताहिक परिवारमा पनि धेरै धेरै धन्यवाद दिन चाहनन्छु।
2, तपाईको बिचारमा साहित्य के हो ?
:- दादा बास्तबमै साहित्य लाई अझै पनि किटान गरेर भन्न सक्ने अवस्था छैन । किनकी साहित्यलाई अग्रज साहित्यकार र गजलकार हरुले आ-आफ्नै भाषामा परिभाषीत गरिएको पाईन्छ।
तर मलाई लाग्छ साहित्य भनेको समाज परिबर्तन गर्ने ऐना भन्दा फरक नपर्लाकी.. किनकी साहित्यकारले समाजबाट जे अनुभव गर्छ उस्ले समाजबाट जानेका,सिकेका, भोगेका र भोग्दै आएका कुराहरुलाई क्रमीक रुपमा लिपिबद्द ढंगले लेखनको माध्यमबाट उत्तार्ने गरेको पाईन्छ।र म पनि समाजमै घट्न जाने घटनाहरु लाई नै बिषयबस्तु बनाएर साहित्यमा उत्तार्ने हुनाले पनि साहित्य भन्नाले समाज परिवर्तनको ऐना हो भन्न रुचाउँछु।
3, सिङगो साहित्यकार हुनुमा र गजलकार हुनुमा कस्तो फरक पाउनुभएको छ ?
;- दादा हुन त म अझै पनि गजलकारको रुपमा आफुलाई स्थापित गर्न सक्दिन। किनकी पहिले पहिले जस्तो साहित्य सिर्जनामा हात हाल्ने अधिकंश सर्जक लाई गजलकारमा स्थापित हुन सजिलो थियो होला गजलकारमा आउन लाई तर आज्कल निकै गार्हो छ।हिजो आज साहित्यकार हरुको दिर्घकालिन साधना र धोर्यताको पनि परीक्षा लिईन्छ।गजल विधामा त झनै ठूलो प्रतिष्पर्धा छ।धेरै चुनौतीहरु पनि छन् दर्जनौ फुटकर रचनाहरु पत्र पत्रिकामा छापिने साहित्यकार एबम गजलकारहरु पनि असंख्यमात्रामा छन् उहाँहरुको साहित्य सिर्जना हेरेर विश्लेषण गरेर भन्नू पर्दा म अझै पनि उहाँहरुको स्थानमा पुग्न सकिरहेको छैन मैले पनि उहाँहरुबाट अझै सिक्नुपर्ने धेरै कुराहरु छन् तसर्थ गजलकारको दर्जामा पुगेको छुईन तर एउटा सानो साहित्यकार चाहिँ पक्कै हुँ।
4, साच्चीनै समाज परिबर्तन गर्छ साहित्यले यसमा तपाईंको सोच ?
:- दादा हजुर निकै गहन प्रश्न राख्नु भयो ..
मलाई लाग्छ समाजमा पनि सरकारी तथा गैंर सरकारी संस्था तथा नेपालको रानीतीक अबस्थाले पनि नेपाली साहित्यको खुट्टा तान्ने वा तर्साउने धम्काउने खालका प्रवृती गरीरहेको भेटिन्छ तेस्ता संघ संस्था हरु सिर्जनामा त्यति लाग्दैनन् यदि लाग्छन् भने पनि त्यसलाई अपवाद मान्नु पर्दछ। किनभने साहित्यले मान्छेको जीवन स्तरमा तुरुन्तै परिवर्तन ल्याउदैन र यसले यो क्षेत्रमा फरक पार्न सफल भयो भने पनि देखाउन सक्दैन यस्को मतलव के साहित्यले समाज परिवर्तन गर्दैन भन्ने होईन गर्छ यदी नगर्ने हो भने साहित्यको कुनै महत्व कुनै अर्थ नै हुँदैन तेसैले मलाई लाग्छ साहित्यले अबश्य पनि समाजमा परिवर्तन गर्छ र गरिनै रहने छ।
५, अब तपाईको बिगततिर जाऔ, तपाई साहित्यक क्षेत्रमा कसरी आउनुभयो कसैको प्रेरणा या तपाईको रहर हो ?
-: सर्बप्रथम त साहित्यमा सबै कुरा बिषय समेत्नु सक्नू पर्दछ जुन जीवनबादी होस समज परिवर्तन गर्न सकिन्छ । साहित्यमा म लाग्नुको पछाडी यो मेरो रहर संगै जुन एउटा समाजिक माहोल पनि हो साथमा आदर्णीय दिज्यू बिमला खिम्दुग जो मेरो प्ररणादायी गुरुआमा हुनु हुन्छ।
6, तपाईको सोचमा गजलकोे लक्षितबर्ग को हुन ? गजल के हो ? कसरी फुटछ गजल ?
:- हुन त दादा म प्राय पहिले देखीनै छन्दमा रचिएका पद्य रचनाहरु पाए संम्म पढ्न रुचाउँने मान्छे हुँ र खोजि खोजी पढ्थे पनि लेखनाथ पैड्याल,सोमनाथ सिग्देल,लक्ष्मि प्रसाद देबकोटा,माधव घिमीरे,भरतराज पन्त,रामचन्द्र भट्टराई देखि लिएर समकालीन पुस्ताहरु प्रलाहद पोख्रेल,राम प्रसाद ज्ञवाली,भुवनहरी सिग्देल,प्रकाश आङ्देम्बे देखि लिएर कृष्ण धरावासी संम्मका साहित्य सिर्जना अध्ययन गर्ने मैका पाए उहाँ हरुका सिर्जना बाट पनि केही ज्ञान,गुण सिक्ने मैका पाए यस्तै हुँदा हुँदै यहाँ संम्म आउँदा मैले साहित्यकारमा अझै ज्यादा सिक्ने मैका गुरु :-प्रकाश आङ्देम्बे र गरु:- कृष्ण धराबासीका सिर्जना हरुबाट पाए उहाँहरुलाई नै मान्छु।
गजल पनि साहित्यको एक बिधा हो जसलाई फुलाउन गजल बिधा अध्यान गरे नै उचित होला
7, बाँच्नको लागी आर्थिक श्रोत चाहिन्छ कतीपय गजलकारहरु यहि समस्याबाट पिडीत भईरहेका हुन्छन्, उनीहरुको साहित्यकमा निखारता नभएर की बजार लिन नसकेर यो भईरहको हुन्छ ?
:- हुन त दादा बाँच्नको निम्ति आर्थिक श्रोत त अबस्य चाहिन्छ नै तर आजकल शृगारिक भावधारामा मात्र नअल्मलिएर समाजका बिबिध पक्षलाई छोएर लेखिने लेखहरु गतिशिल र लोक प्रिय हुँदै आएको आधुनिक नेपाली गजलले नेपाली साहित्यिक फाँटमा अब आफ्नो ठाउँ सुरक्षित राख्न सफल भएको छ तथापि अपेक्षित गुण र स्तरका गजल लेख्ने स्मरण योग्य गजलकारहरु आशातित संख्यामा नदेखिएकाले स्थिती संन्तोकजनक पनि भएको छैन ।तै पनि उत्साहजनक रुपले गजलको स्तरोन्नती हुँदै आएकोले ढुक्क चाहिँ हुन सकिन्छ।
8, कतीले हु—बहु अरुको गजलहरु सारेर गजल लेख्ने प्रसारण प्रकाशन गर्ने यसरी आफ्नो नाम कमाईरहेको पाउँछौ नि ? यसले सर्जकलाई सम्मान होईन अपमान भएन र ? साहित्यको फाँटमा यसमा ध्यान कसको जानुपर्छ नि ?
:- हुन त दादा चोर्ने गाईलाई महला नै लाए पनि चोरिनै हाल्छ तर पनि मलाई लाग्छ यस्मा सर्बप्रथम त साहित्यकार आफै सजक रहनु नै उचित हुन्छ सर्जक सजक बने भनेर संघ संस्था चुपलागेर बस्ने भनेको हैन संघ संस्था तथा सरोकार वालाहरुले पनि ध्यानआर्कषण गरिदिए र यदी त्यस्तो भएको खण्डमा दोशीलाई सजाय दिलाउन सकें सर्जक लाई अपमान हुने थिएन की।
अझ भन्नू पर्दा साहित्यलाई संम्मान गरौ ष्ट्रालाई मायाँ गरौ यसैमा सबैको भलाई होला।
प्रतिक्रिया