यस्तो ठाउँ जहाँ मानिस होइन बाँदरहरु रक्सि खाएर मातिन्छन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ मंसिर २०७१, बिहीबार ०५:३०

मान्छेले रक्सिखाएर मात्तिएको खवर तपाईको लागी त्यती नौलो नहुन सक्छ । रक्सी पिउने जंड्याहाँका चर्चा पनि धेरै नै सुनेको हुनुपर्छ । तर सायदै सुन्नुभएको होला बाँदरहरु पनि रक्सी खाएर मात्तीन्छन् । अझ भनौं रक्सीमा मातिने लत नै परेको हुन्छ ।

यस्तै नौलो घटना दक्षिण अफ्रिकाको दोस्रो सबभन्दा ठूलो सहर केपटाउनमा सामान्य जस्तै हुन थालेको छ । ठुलो मात्रामा लंगुर  बांदरहरु रहेको यस सहरको आवासीय क्षेत्रमा छिरेर खाद्य सामाग्री मात्रै नष्ट गर्दै आएका लगुंरहरुले पछिल्ला दिनमा पसलमा बेच्नका लागी राखिएका रक्सीमा बाकस नै लुट्ने गरेका छन ।
लंगुरको बाक्ले उपस्थिति रहेको केपटाउनमा मानवीय वस्ती बढ्दै जाँदा लंगुरहरु केही आक्रामक समेत हुन थालेको स्थानिय बताउंछन । अफ्रिकामा संरक्षित प्रजातिको रुपमा रहेको लंगुर र मान्छेविचमा यस क्षेत्रमा ठुलै झगडा समेत हुने गरेको छ । अझ रोचक कुरा त के छ भने लंगुर धपाउन प्रयोग गरिने गोलीको आवाज सुन्दा यसक्षेत्रमा युद्ध नै भइरहेको अनुभुति हुन्छ ।

आवासीय क्षेत्रमा लंगुरहरूको आवागमनलाई रोक्नु काम भएको भन्दै फिल्ड रेन्जर फियानी मेयोले आफुले लंगुरको देखभालमा खटिने हुनाले लंगुरहरूलाई राम्ररी चिनेको समेत बतउँछन । उनले केहीलाई नाम समेत दिएका छन् । शरीरमा जडान गरिएको विशेष संयन्त्रबाट उनीहरूको ठेगाना र गतिविधि थाहा हुने मेयोको भनाइ छ ।

स्थानीयबासीको टाउको दुखाइ बन्न नदिन उनीहरूलाई भगाइने गरेको उनी बताउँछन् । मानवलाई  बचाउने र लंगुरलाई क्षति हुन नदिने दोहोरो भूमिका निभाउनुपरेको उनको अनुभव छ । केपटाउन आउने पर्यटकहरुले लंगुरलाई खानेकुरा दिंदा यसले थप समस्या बढाएको अर्का एक रेन्जर मार्क डाफेल्स बताउँछन् । पर्यटकले भोको ठानेर उनीहरूलाई खाने सामग्री दिंदा लंगुरहरु मान्छेको नजिक हुने र उनीहरुले हेपेर मानव वस्ती र सामानमा आक्रमण गर्नेगरेको डाफेल्सको भनाइ छ ।

यसकै नतिजा स्वरुप मानव वस्ती र घरहरुमा घुसेर खानेकुरा खाने गरेका लंगुरहरुले पसल तथा घरहरुमा रहेका रक्सी खाने गरेको र लंगुरहरु दिनभर रक्सीको मातमा सडकविचमै झुल्ने गरेको भेटिएको स्थानीय बताउंछन । यो क्रम बढ्न थालेको भन्दै स्थानीयले केपटाउनका लंगुरहरु जंड्याहाहुन थालेको बंताउंछन ।
अफ्रिकामा लंगुरमार्न नपाइने भएकाले आक्रमण र लुटपाटमा आएका लंगुरलाई धपाउन कठिन परेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१