देशमा सय अर्बको बजेट होइन व्यवसायिलाई हजार अर्बको काम गर्न सक्षम बनाउनु पर्छ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार ११:४७

२०१७ सालमा मुस्ताङको टुकुचे गाविसमा जन्मनु भएका शरदकुमार गौचनको निर्माण क्षेत्रमा ३० वर्ष भन्दा लामो अनुभव छ । नेपाल निर्माण व्यवसायी महासंघको स्थापनाकाल देखिनै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएका गौचनले तीन पटक महासचिवको पद सम्हाली सक्नु भएको छ । देशभर छरिएका १७ हजार भन्दा बढी निर्माण व्यवसायीका समस्याहरु समाधान गर्न तथा असमान नीति नियम तथा कानूनमा संशोधन गर्न एक दशकदेखि उहा“ लड्दै आउनु भएको छ ।

डा“फे कन्स्ट्रक्शनबाट आप्mनो व्यवसायीक यात्रा शुरु गर्नु भएका उहा“ले इन्जिनियरिङको अध्ययन गर्नु भएको छ । यस क्षेत्रमा लामो अनुभव संहाल्नु भएका गौचनस“ग यही मंसिर २६ र २७ गते हुने नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनका विषयमा अध्यक्ष पदका उम्मेदवार शरदकुमार गौचन गरिएको कुराकानीको संपादित अंशः

नेपाल निर्माण ब्यवसायी संघको निर्वाचनमा अध्यक्षको लागि यहा“ले उम्मेदवारी घोषणा गर्नु भएको छ , यहा“लाई नै जिताउनु पर्ने आधारहरु के– के छन् ?
– मैले यो क्षेत्रमा तीस बर्षदेखि अनवरत रुपमा काम गरिरहेको छु । मैले ब्यवसायीको समस्या, पिरमर्का र यसका निराकरणका उपाय समेत बुझेको छु । मैले राज्यको विभिन्न निकायमा प्रतिनिधित्व गरेर काम गरिरहेको र यस क्षेत्रमा रहेका यावत समस्या समाधान गर्नेतर्फ सदा तत्पर रहेको हु“दा आफूले योग्य ठानेर उम्मेदवारी दिएको हु“ ।

 

  • यहा“को प्यानलको घोषणा कहिले हुन्छ

 

 

– २५ गतेभित्र हाम्रो प्यानलको औपचारिक रुपमा घोषणा हुन्छ । हाम्रो कुनै राजनीतिक प्यानल होइन, अनि भातृ संगठन पनि होइन । हाम्रो यो संस्था ७५ जिल्ला, ५ क्षेत्र र केन्द्रमा एसोसियटस् सदस्य मिलेर बनेको संस्था हो । यसमा १४ अञ्चलबाट १४ केन्द्रीय सदस्य, भूगोलको हिसावबाट ५ उपाध्यक्ष, एसोसियटस्को तर्फबाट एक उपाध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, दुई उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र अध्यक्ष मिलेर बनेको छ । यहा““ सवै आस्था राख्ने साथीभाईहरु मिलेर काम गरिराख्नु भएको छ ।

सरकारको नीति निर्माण ब्यवसायी मैत्री नभएको गुनासो निर्माण व्यवसायीहरुले गरेका छन, तपाईहरुले कस्तो सुधारको माग गर्नु भएको छ ?
– अहिले नेपालका निर्माण ब्यवसायीहरु धेरै समस्याले ग्रसित छन् । यसरी कामको अभाव भइरहेको बेला ‘लो विडिङ’ प्रमुख समस्याका रुपमा रहेको छ । यस क्षेत्रमा काम गर्ने ब्यवसायीहरु १७ हजार छन्, काम सय अर्बको छ । त्यसमा पनि चाहेको खण्डमा एउटैले धेरै काम लिने र अन्यले हेरेर बस्नु पर्ने अबस्था छ । अस्वस्थ प्रतिस्पर्धाका कारण ब्यवसायीले सरकारले बनाएको दररेट भन्दा ज्यादै न्यूनमा काम गरेर आफ्नो टर्न ओभर बढाउने काम मात्र गरिरहेका छन् । यही कुरामा हाम्रो विमति छ । हामीले जति काम गर्न सक्छौं, त्यतिमात्र गर्नु प¥यो । विडिङ सामाथ्र्य अनुसार मात्र काम गर्नुपर्छ । हामीले सरकारलाई के प्रस्ताव गरिरहेका छौं भने नेपालको १७ हजार निर्माण ब्यवसायीहरुलाई सार्वजनिक खरिद कार्यालयले एउटा ब्यक्तिगत फ्रोफाइल बनाएर दिनु प¥यो । सोही अनुसार पास बुक प्रणाली लागू गर्नुपर्छ । पासबुक प्रणालीबाट नै काम गर्ने क्षमता तथा सामाथ्र्यको पहिचान भई कामको समानुपातिक बा“डफा“डमा सहज हुन्छ । कामको गुणस्तरमा समेत बृद्धि हुन्छ । समयमा सरकारले पूर्वाधार पाउ“छ । न्यूनतमा मुल्यमा टेण्डर हालेर काम लिने परिपाटी रोकिन्छ । अहिले सरकारी पक्षबाट पनि यो कुराको महसुस भएको छ । सार्वजनिक खरिद ऐनमा भएका असमान नीति नियम र कानूनको परिमार्जनको आवश्यकता छ । यि सबै कामका लागि देशभरका ब्यवसायीहरुको साथ लिएर उनीहरुको हकहितका लागि म लडने छु ।

 

  • सरकारले निर्माण ब्यवसायीलाई दास बनाएको छ भन्दै महासंघले आवाज उठाउ“दै आएको छ, यो महशुस गर्ने अवस्थामा कसरी पुगे निर्माण ब्यवसायीहरु ?
  • – नीति नियमले हामीलाई बा“धेको छ । यो क्षेत्रको प्रमुख समस्या नै लो विडिङ हो । निर्माण कार्य अन्य कारणले पनि रोकिन्छ । तर हामीलाई नै सरकारले तारो बनाउ“छ, हर्जाना तिराउ“छ । त्यसमा को दोषी हो ? कहिल्यै अनुसन्धान र खोजी नीति हु“दैन् । निर्माण ब्यवसायीलाई अन्य नजरबाट हेरिनु नै यो पेशाको दुर्भाग्य हो । सरकारले प्रणाली बनाएर काम गर्न सक्ने र सामथ्र्य अनुसार सवै ब्यवसायीलाई समानुपातिक ढंगले काम दिनुपर्छ भन्छौं । हामीहरुकोमा नितिकै कुरामा गएर अडकिन्छ । उदाहरणको लागि सरकारले भवन वनाउने कामको आमन्त्रण गर्छ । हाम्रा व्यवसायिले बोल पत्र दाखिला गर्छन् । काम गर्न जादाँ जग्गाको बिवाद भैरहेको हुन्छ। कन्सलट्यान्टले बनाएको डिजाइन मिल्दैन र खन्ने बेला देखिनै भेरिएसन सुरु हुन्छ। सबै कारण त हाम्रो कारणले नभइ कन अरु कारणले रोकिएको हुन्छ। तर आम मानिसको धारणा के हुन्छ भने कन्ट्याकटरले काम गरेन। उसले अरु केही बुझ्दैन अस्पताल बनाउन छ महिन अगाडि एग्रिमेन्ट गरेको अहिलेसम्म केहि काम भएन यो कन्ट्याकटर राम्रो भएन यसले कामै गरेन यावत कुराहरु छन् । हामी र हाम्रा व्यवसायिहरुको पनि कमि कमजोरी छ। कन्ट्याकटरहरु दुधले धोइएका छन् त्यो म भन्दिन । त्यो कारणले गर्दा हाम्रो पब्लिकमा त्यति राम्रो छबि छैन । तर पहिला भन्दा धेरै सुधार भएको छ । तर यसलाई अझ सुधर गर्नुपर्ने देखन्छ ।
    ० सुधारकै कुरा गरिरहदा तपाई बिजय हन भयो भने महासंघमा थप सुधार गर्न के गर्नुहुन्छरु
    – देशमा सय अरबको बजेट होइन हामी व्यवसायिलाई हजार अर्बको बर्षको काम गर्नको लागि सक्षम बनाउनु पर्छ । यसको लागि कामको अवसर पनि दिनुपर्यो र काम समयमा सिध्याउनको लागि व्यवसायीलाई बाध्य बनाउनुपर्यो । सबै चिज ठिक छ सरकारले बजेट दिएको छ । जग्गा छ डिजाइन ठीक छ तर समयमा काम गर्दैन भने उ पनि दण्डको सहभागि हनुपर्छ। कन्सलटेन्टले डिजाइन गलत छ भने उ पनि भागिदार हुनुपर्यो । सरकारि कारणले कुनै ढिलाई भएको छ भने सम्वन्धित कर्मचारी दोषि हुनपर्यो । यस्तो कुराबाट हामी अगाडी गइयो भने व्यवसायीको हक हितपनि हुन्छ र राष्ट्रको पुर्वाधार पनि समयमा बन्छ। आजको परिस्थितिमा कुरा गर्नु पर्दा हाम्रा व्यवसायिहरु काम गर्न चाहन्छन् । कतिले लापर्वाहि पनि गरे होलान् १०० का सय ठीक छ म भन्दिन तर काम गर्न चाहेका साथिहरुलाई पनि धेरै अवरोध बाधा बिरोध छ। त्यो कुरा हाम्रो हातमा हैन सरकारको हातमा छ। यसकै लागि पनि सरकारसँग सहकार्य गरेर जान हामी सकारात्मक छौ। सरकारको बिकासे मन्त्रालयका मन्त्रीज्युहरु एकदमै सकारात्मक हुनुहुन्छ । यो सेक्टरलाई बिकास गर्नुपर्छ व्यवसायलाई अपग्रेड गर्नपर्छ । हामीले कहिलेसम्म बिदेशी मानिस ल्याएर काम गराउनेरु हाम्रा व्यवसायिलाई सबल बनाए मात्र हाम्रो देशको बिकास हुन्छ । हामी सधै अरुको भर गरेर हुदैन भन्ने सम्म सरकार पनि कन्भिन्स हुनुभएको छ । हामीलाई विश्वास छ आउदा दिनहरुमा निर्माण व्वसायिहरुको भविष्य उज्वल छ ।
    ० २६र २७ गते तपाईहरुको महाधिवेशन छ । महाधिवेशनको लागि देश भरबाट प्रतिनिधि आउने क्रम जारी छ। प्रतिनिधीहरुसँग तपाई कसरी मत माग्दै हुनुहुन्छ रु
    – मैले व्यवसायी साथिहरुलाई लामो समयसम्म महासंघमा बसेर सेवा गरेको छु। उहाँहरुका समस्या मैले सुनेको छु। केहि हदसम्म समस्या समाधान भए पनि पुरा भएका छैनन् । यो अपुरो काम गर्नको लागि व्यवसायिहरुको हकहित गर्नको लागि कामको अबसरको ग्यारेन्टि दिलाउनको लागि काम गरि सकेपछि आउने इन्सुरेन्स मुल्य बृद्धि लगायत निर्माण सामाग्री अभाब डिजल पेट्रोल क्रसरका सबै समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने एउटा लक्ष्य लिएर व्यवसायिहरुलाई अगाडि बिकास गर्नको लागि म अगाडि आएको हु। मलाई नेपालभरिका ७५ जिल्लाका साथिहरुले चिन्नुहुन्छ । म ७५ जिल्लामा गएको छु उहाँहरुको समस्या चिनेको छु त्यसैले पनि मलाई आफू उमेद्वारको रुपमा विजयी हुन्छु भन्नेमा पुर्ण विश्वस्त छु। साथीहरुले सहयोग गर्ने उपयुक्त साथी मै न हुँनी। तपाइहरुको पूर्ण सहयोगको अपेक्षा पनि गर्छु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१