केही दिनमै ७ हजार शिक्षकको विज्ञापन खुल्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ मंसिर २०७१, बुधबार ०९:३८

Teachers_Service_Comissionकाठमाडौं,मंसिर २४ – शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको स्थायी दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ । आयोगकाअ अनुसार ७ हजार दरबन्दीका लागि खविज्ञापनको अन्तिम तयारी भइरहेको छ । देशभरका सामुदायिक विद्यालयमा रिक्त दरबन्दीको विवरण प्राप्त भएपछि शिक्षा मन्त्रालयसँग समन्वय गरेर छिट््टै विज्ञापन गरिने आयोगका अध्यक्ष उदयराज सोतीले बताए । ७५ जिल्लामध्ये काठमाडौंमा खाली रहेका शिक्षकको विवरणमात्र आउन बाँकी छ ।

काठमाडौंलाई पनि खाली रहेको शिक्षकको विवरण पठाउन माग गरेकाले केही दिनभित्रै आइसक्ने सोतीको भनाइ छ । सबै जिल्लाबाट शिक्षकको विवरण आएपछि ७ हजार भन्दा धेरै संख्यामा विज्ञापन हुने भएको छ । अब बिज्ञापन गर्ने स्थायी शिक्षकको विज्ञापनमा ०६३ बैशाख ११ देखि ०७२ असार मसान्तभित्रको अवधिमा खाली हुने शिक्षक दरबन्दी विवरण आयोगले मागेको खछ ।आजको कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१