बझाङमा आईसिटी पत्रकार विकास मञ्च गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७१, मंगलवार १६:४७

सम्राट सिंह
बझाङ २३ मंसिर। बझाङ जिल्लामा आईसिटी पत्रकार विकास मञ्च गठन भएको छ । जिल्लाका क्रियासिल छापा तथा विद्युतिय संञ्चार माध्यममा आबद्ध पत्रकारहरुको भेलाले मंगलवार नयाँ पत्रिका दैनिक र सगरमाथा टिभीका पत्रकार सम्राट सिंहको अध्यक्षमा ७ सदस्य कमिटी गठन भएको छ । भेला पत्रकार महासंघका उपाध्यक्ष जगदीश रोकायाको आतिथ्यमा भएको थियो ।
उपाध्यक्षमा दिपक जोशी कोषाध्यक्ष राजेन्द्र सिंह सचिब रमेश केसी सहित सदस्यहरुमा मान बहादुर बोहरा , सुवास कडायत र राजेन्द्र बहादुर सिंह रहेका छन् । समितिले पत्रकाहरुको क्षमता सहित पेशागत हकहितको लागी पत्रकार मञ्च गठन भएको समितिका अध्यक्ष सम्राट सिंहले वताए । समितिको सल्लाहकारमा पत्रकार महासंघका उपाध्यक्ष जगदीश रोकाया केन्द्रिय पार्षद बसन्त प्रताप सिंह र जयभक्त जोशी रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१