सय वर्षकी जिजुआमाले आकाशबाट हाम फालिन् (फोटोफिचर सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७१, मंगलवार १५:४८

दुनियामा सय वर्ष बाँच्ने मानिस कमै हुन्छन् । त्यसैले सय वर्ष पुगेको दिन मनाउने एक सयौँ जन्मदिन विशेष महत्वको नहुने कुरै भएन । यहीँ विशेष दिनलाई अझै विशेष बनाउने गरी अमेरिकाकी एक वृद्धाले आकाशबाट हाम फालेकी छिन् ।

न्युयोर्क निवासी एलिनोर कनिंघमले आफ्नो १ सयौँ जन्मदिनका उपलक्ष्यमा शनिवार आकाशबाट प्यारासुटमा छलाङ (स्काइ डाइभ) मारेकी छिन् ।
जन्मदिन मनाउने साहसमा अमेरिकी पूर्वराष्ट्रपति जर्ज ह्वाइट बुसलाई पछि पारेकी एलिनोरले स्काइ डाइभ गर्नुअघि आफ्नो परिवारकी ७ महिने खनातिनीलाई चुम्बन गरेकी थिइन् । बुसले ९० औँ जन्मदिनको अवसरमा स्काइडाइभ गरेका थिए ।
women0
कनिंघमका लागि त्यो तेश्रो स्काइ डाइभ हो । यसअघि उनले दुइपटक आकाशबाट हाम फालिसकेकी छिन् । स्काइडाइभ गर्नुअघि उनको स्वास्थ्य परीक्षण गरिएको थियो र डाक्टरले उनको स्वास्थ्यले आकाशबाट हाम फाल्न कुनै फरक नपर्ने प्रमाणित गरिदिएका थिए ।
ती वृद्धालाई १ सय वर्षमा स्काइ डाइभिङ गराउने कम्पनी सरटोगा स्काइडाइभिङका अनुसार उनी स्काइडाइभिङ गर्ने सबैभन्दा पाको उमेरकी महिला हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१