‘श्रीमती पोइल गए के गर्छौ’ भनेर प्रश्न गर्ने शिक्षकलाई कारबाही

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ मंसिर २०७१, मंगलवार ०७:१९

काठमाडौं,२३  मंसिर । ‘श्रीमती पोइल गए के गर्छौ’ भन्दै १० कक्षाका विद्यार्थीलाई प्रश्न सोध्ने शिक्षक कारबाहीमा पर्ने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन)ले प्रश्न तयार गर्ने नर्थपोइन्ट स्कुल गोंगबुका शिक्षक कल अर्याललाई आगामी तीन वर्षसम्म नेपाली विषयमो प्रश्न तयार गर्न नपाउने गरी कारबाही गर्न लागेको हो । शनिबार यस विषयमा समाचार सार्वजनिक भएको थियो ।

सोमबार बसेको प्याब्सन केन्द्रीय परीक्षा समितिको बैठकले सामाजिक र लैंगिक मर्यादाको समेत ख्याल नगरी प्रश्न तयार गर्ने शिक्षक अर्यालमाथि कारबाही अगाडि बढाउन निर्देशन दिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१