लस एन्जलिस – अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेल ओबामाको प्रेम बारेमा चलचित्र बन्ने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ‘साउथ साइड विथ यु’ नाम दिइएको उक्त चलचित्रमा सन् १९८९ तिर ओबामा दम्पत्तिको प्रेम प्रसंग देखाइने छ । उनीहरुको पहिलो डेट देखि लिएर उनीहरुको रोमान्सलाई पर्दा उतार्ने प्रयास उक्त चलचित्रमा गरिने छ । होमग्रोन पिक्चर्स प्रोडक्सनले यस चलचित्रका लागि ‘गेट अन अप’ की नायिका टिका स्टम्परलाई लिने निधो गरिसकेको छ । उनी मिसेलको भूमिकामा देखिने छिन् । बाराक ओबामाको भूमिकाका लागि भने अझै नायकको खोजी भइरहेको बताइएको छ । tika-8 नायिका टिका स्टम्पर जसले मिसेलको भूमिका निवार्ह गर्ने छिन् । तीन वर्ष डेट गरेपछि बाराक र मिसेल ओबामाको विवाह सन् १९९२ को अक्टोबर ३ का दिन भएको थियो । यस चलचित्रका निर्माता ट्रेसी बिङ्ग र स्टेफनी एलाइन रहेका छन् भने यसको निर्देशन रिचार्ड टाने रहेका छन् । आगामी जुलाई महिनादेखि सिकागो सहरमा चलचित्रको सुटिङ शुरु गरिने भएको छ ।
प्रतिक्रिया