‘साङ्गीतिक प्यास नमेटिदो रहेछ’ : गायिका तृप्ती खड्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार १५:५४

काशी पोखरेल, बाँके । सानैदेखि प्रतिभावान तृप्ती विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा रुची राख्थिन्, सानैदेखि नाच्थिन्, गाउ“थिन् । उनको ईच्छा र रुची नै कलाकारिता थियो । जसमा आफूलाई समर्पित गर्दै अगाडि बढिन्, अहिले नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो उपस्थितिलाई फराकिलो बनाउन सफल भएकी छन् । बा“के बागेश्वरी–८ ई गाउ“को सामान्य परिवारमा बुवा शेर बहादुर खड्का र माता नैनादेवी खड्काको कोखबाट २०४७ साल मंसिर १३ गते जन्मिएर २०६८ सालदेखि साङ्गितिक यात्रा थालेकी तृप्तीलाई यो क्षेत्रमा लाग्ने प्रेरणा पनि बुवाबाटै प्राप्त भयो । Tripti

सङ्घर्ष नै सफलता हो भन्ने सोचका साथ समस्यासँग जुध्दै अघि बढिन्, जसका कारण उनी अहिले चल्तीका गायिका बन्न पुगिन् । उनी अहिले चलेकी गायिकाहरुमा पर्छिन् । मोफसलबाट गएकाहरुका लागि काठमाडौँमा सुरुवाती समयमा निकै गा¥हो हुन्छ । बिरानो ठाउ“, पराई मान्छे, मह“गो बजार तृप्तीलाई काठमाडौको सुरुवाती बसाई फलामको च्यूरा चपाउनु सरह भयो । आफूमा भएको साङ्गीतिक अभिरुचिका कारण काठमाडौँमा साधना गर्दा उनलाई निकै दुःख झेल्नु प¥यो । तृप्ती विगतलाई स्मरण गर्दै भन्छिन्, “कति दिन त पाउरोटी मात्रै खाएर बसे ।” दुःखका दिनहरु काटेर गायनमा सङ्घर्ष गरेको उनको अनुभव छ ।
नेपालगन्जकै मोडेल बिजय गुरुङस“ग बैवाहिक लगनगा“ठो कसेपछि उनलाई काठमाडौँ बस्न र यो क्षेत्रमा लाग्न र सफलता प्राप्त गर्न सहज भएको छ । “मेरो सफलताको श्रेय म मेरो बुवा र श्रीमान्लाई दिन्छु । सुरुवातका दिनहरुमा दुःखका साथै धेरै यस्ता व्यक्ति र कलाकारहरु भेटिए, जसले क्षमता भन्दा आफ्नो स्वार्थ हेर्थे, मलाई असहयोग मात्रै गर्थे” उनले भनिन्, यस्ता सबै कुराहरुस“ग ठोक्किँदै अघि बढे । अहिले यो स्थानमा छु ।”Tripti3
उनले हालसम्म दुई दर्जनबढी गीतहरुमा आफ्नो आवाज दिइ सकेकी छिन् भने ‘बैँसले मातिए“ंं’ एल्बममा रहेको ‘जवानीले पोल्यो मलाई भतभति हेर, बिहे नभई जाने होकी, आको बैंश खेर’, ‘ह्यान्सम ठिटा देखेपछि यो मन साह्रै खाने’, ‘साह्रै नै आत्तिए“’, ‘कोही छ कि मर्दा केटो मलाई झ्याईं, झ्याईं पारी लाने’, लोक पप गीत अहिले चर्चाको शिखरमा छ भने बिजय गुरु“गको शब्द, ओम प्रकाश राईको सङ्गीतमा रहेको ‘उकालीमा, ओरालीमा हात थामौला’ पनि उनको राम्रो आधुनिक गीत हो । उनका दुई एल्बम तृप्ती र बैशले मातिएर बजारमा आइ सकेका छन् भने अन्य बिभिन्न गायक, गायिकाहरुका एल्बममा उनले आवाज दिइ सकेकी छिन् ।Tripti1
‘ए निष्ठुरी सुन’ उनको पहिलो लोक दोहोरी गीत हो भने उनले ‘हे इश्वर जे जे दिन्छौँ’ भन्ने दोस्रो लोक दोहोरी गीत अहिले उनी कमला क्षेत्रीको शब्द र आफ्नै सङ्गीत तथा स्वरमा ‘मलाई हेर्ने ठिटाहरु पछि लाइरने, घरी घरी यो जोवनमा आँखा लाइरने’ भन्ने बोलको गीतसहितको नयाँ एल्बम बजारमा ल्याउने तयारीमा छिन् । साङ्गीतिक क्षेत्रमा पाएको सफलतासँगै पछिल्लो समयमा उनलाई नेपाल तथा विदेशमा हुने साङ्गीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिन भ्याइ नभ्याइ छ । राम्रो गायिका बन्ने सोचबाट अभिप्रेरित तृप्ती गायनमा अस्वस्थ प्रतिष्पर्धा भएको बताउ“छिन् ।Tripti4
गीत, सङ्गीत मान्छेलाई रमाइलो गराउने, सन्देश दिने सुख, दुःखको साथी भएको बताउने उनी धैर्य गरेर यहि क्षेत्रमा केही गर्न सकिन्छ भनेर लाग्न सके मात्र गायनमा टिक्न सकिने बताउ“छिन् । अहिलेका चर्चित लोक तथा दोहोरी गायक, गायिकास“गै गीत गाइ सकेकी उनले तडप, मिसन ४२० लगायतका बिभिन्न चलचित्रका गीतहरुमा समेत आवाज दिइ सकेकी छन् । गायनस“गै नृत्यमा पनि उत्तिकै रुची राख्ने उनी भन्छिन्, “गीत सङ्गीतमा सानै देखिको रुची हो । मैले गाएका गीतहरुले चर्चा पाउँदा निकै खुसी र भावुक पनि हुन्छु ।” Tripti2
देश, बिदेशमा पुगेर आफ्ना प्रस्तुतीका कारण मञ्चहरु तताउन सफल तृप्ती सा“च्चिकै साङ्गीतिक आकाशमा एक सफल नक्षत्र बन्न सफल भएकी छिन् । उनी भन्छिन्, “साङ्गीतिक क्षेत्रमा लागेपछि यो प्यास जीवनभर नमेटिँदो रहेछ ।” विविध गीतहरु गाउने क्षमता राख्ने गायिका खड्का अहिले आधुनिक दोहोरी गीतमा नै मस्त रमाइ रहेकी छिन् । स्वरमा मिठास, स्वभावमा सरल र मिजासिली तथा सबै प्रकारका गीत गाउने क्षमता राख्ने उनी भने अहिले पनि सङ्घर्ष कै चरणमा रहेको बताउँछिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१