आईसिटी पत्रकार विकास मञ्चको सिरहा शाखा गठन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार ०८:०५

ictएस.पी.गौरब सिरहा २२ मङ्सिर  ।
आईसिटी पत्रकार विकास मञ्चको सिरहा शाखा गठन गरिएको छ । धड्कन मिडीया हाउस प्रा.लीद्धारा संचालीत रेडियो धड्कनका स्टेशन म्यानेजर अंजय साहको विषेश अध्यक्षतामा आयोजना गरिएको कार्यक्रम मार्फत सिरहा जिल्ला कमिटी गठन गरिएकोे हो । पुर्वाञ्चलकै पहिलो र एक मात्र आईसिटी पत्रकार विकास मञ्चको राष्टिय खबर डट कमका सिरहा प्रतिनीधी तथा रेडियो धड्कनका नेपाली समाचार वाचक ,कार्यक्रम प्रमुख तथा बजार व्यावस्थापक एस.पी.गौरबको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कमीटी गठन गरिएको छ । क्रमस उपा.अध्यक्षमा रामनरायण ठाकुर,सचिवमा राम नारायण पंडित,सह.सचिवमा मुकेस यादव,कोषा अध्यक्षमा संतोषी साह त्यस्तै सदस्यहरुमा राजीव महत्तो,मोहन साह,सुष्मा दाहाल र श्रीकान्त झा रहनु भएको छ । रेडियो धड्कनको अतिथी कक्षमा आयोजना गरिएको उक्त कार्यक्रममा सिरहाका विभिन्न पत्रकारहरुको उपस्थिती रहेको थियो । आईसिटी पत्रकार विकास मञ्च सिरहा शाखाका नव गठन कमीटीका अध्यक्ष एस.पी.गौरबले
समयमा नै संविधान सभाबाट संविधान निमार्णको विकल्प नरहेको बताएका छन । जसको लागी आईसिटी पत्रकार विकास मञ्च सिरहा शाखाले सशक्त कलमी आवाज उठाउने प्रतिबधता व्यक्त गरेका छन । संचारकर्मीको भुमिका विषयमा सामान्य चर्चा परिचर्चा गरिएको थियो । सो अवसरमा धड्कन टाईम्स राष्टिय साप्ताहीकका कार्यकारी सम्पादक तथा आईसिटी पत्रकार विकास मञ्चका सचिव राम नारायण पंडितले वर्तमान संविधानमा महिला,दलित,मधेशी सिमांतकृत वर्गका बारेमा स्थान कसरी समावेश गराउन सकिन्छ भन्नेमा संचारकर्मीको भुमिका मत्वपुर्ण रहेको बताएका छन । कार्यक्रममा धड्कन मिडीया हाउस प्रा.लीद्धारा सञ्चालीत रेडियो धड्कनका स्टेशन म्यानेजर अंजय साहले मधेशी ,आदिवासी,जनजाती,दलितको अधिकार यस संविधानमा सुनिश्चित हुनुपर्छ तथा संचारकर्मीहरुलाई पनि समावेशी गरिनुपर्दछ भन्ने धारण राखेका थिए ।। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनीधीहरु साथै सुरक्षा कर्मीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१