रोनाल्डोले बनाए ला लिगामा ह्याट्रिकको कीर्तिमान : भिडियो सहित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ मंसिर २०७१, सोमबार ०८:०२
काठमाडौं । रियल मड्रिडका फवार्ड क्रिष्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान बनाएका छन् ।शनिबार राति रियल मड्रिडले सेल्टाभिगोलाई ३–० ले पराजित गर्दै १८ औं जित हात पार्दै रोनाल्डोले ला लिगामा २३ औं ह्याट्रिक गरे ।
घरेलु मैदान बर्नाबाउमा भएको खेलमा रोनाल्डोले ३६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । ६५ औं मिनेटमा दोस्रो गोल गरेका उनले ८१ औं मिनेटमा कीर्तिमानी ह्याट्रिक पुरा गरे ।
उनले मड्रिड लेजेन्ड अल्फ्रेडो डि स्टेफानो र एथ्लेटिको विल्वाओका लेजेन्ड टेल्मो जारालाई पछि पारे । स्टेफानो र जाराले समान २२ ह्याट्रिक गरेका थिए । बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले भने ला लिगामा २० ह्याट्रिक गरेका छन् । कीर्तिमानी ह्याट्रिकसँगै रोनाल्डोले ला लिगामा २०० गोल पनि पूरा गरेका छन् । सन् २००९ मा म्यानचेष्टर युनाइटेडबाट रियल मड्रिड गएका उनले १७८ खेल खेलेका छन् ।यद्यपि ला लिगामा सर्वाधिक गोलकर्ताको कीर्तिमान भने मेस्सीको नाममा छ । उनले २५३ गोल गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१