बिद्यालयस्तरीय लागू औषध र दुव्र्यसनी बिरुद्धको चेतनामुलक कार्यक्रम सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० मंसिर २०७१, शनिबार ०४:२६
ldru cpc

-नेहा कर्माचार्य

” हाम्रो चाहना, दुव्र्यसनरहित स्वस्थ र सुखी जीवनको कामना”  भन्ने नारासहित सृजनशील प्रवद्र्धन केन्द्र नेपालले १ दिने निःशुल्क कार्यक्रम सम्पन्न गरेको छ । मनमैजु गा.वि.स को मानसिंग धर्मपाल माध्यमिक बिद्यालयमा आयोजना भएको उक्त चेतनामुलक कार्यक्रममा बिद्यालयका २०० भन्दा बढी बिद्यार्थीहरु सहभागी थिए । कक्षा ७ देखि १० सम्मका ३०० भन्दा बिद्यार्थीहरु प्रत्यक्ष लाभान्वित भएका थिए ।कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय लागू औषध नियन्त्रण कार्यक्रम बिजुली बजारको आर्थिक सहयोगमा भएको संस्थाकी अध्यक्ष सावित्री बस्नेतले बताइन् । उक्त कार्यक्रमको प्रमुख अतिथि  मानसिंग धर्मपाल माध्यमिक बिद्यालयका प्रधानाध्यपक बिनोद पण्डि,विशेष अतिथिमा शान्ति विकास अभियान नेपालका अध्यक्ष महेश जंग कुवँर (सञ्चारकर्मी) अतिथिहरुमा महानगरीय प्रहरी बृत्त बालाजुका सहायक नीरिक्षक दीपक श्रेष्ठ, लक्ष्मण अधिकारी, अनर इन्टरनेशनल स्कुलका प्रधानाध्यपक, प्रशिक्षक रुपा शर्मा, महेश्वर देवकोटा, दिनेश पाण्डे लगायत विभिन्न सामाजिक व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।drug prg 2071

लागू औषध तथा दुव्र्यसन बिद्यालयस्तरीय चेतनामुलक कार्यक्रमको सद्भावना दुत बिदुर घिमिरे रहेका थिए ।घिमिरे नवयुवा गायक थिए । कार्यक्रम मनोरञ्जनात्मक तथा प्रशिक्षणात्मक तवरले सञ्चालन भएको थियो । कार्यक्रमा मोडल जीवनाथ घिमिरेको पनि सहभागीता रहेको थियो ।

लागू औषध तथा दुव्र्यसनबारेको प्रशिक्षणात्मक तवरले विजय महर्जनले बिद्यार्थीहरुलाई ज्ञान र जानकारी दिएका थिए । महर्जन न्यु लाइफ रिहाव सेन्टर स्वयम्भुको लिडर हुनुहुन्छ । बिद्यार्थीस्तरदेखि नै लागू ओषध र दुव्र्यसनबारेको नैतिक पाठ सिकाउन सके सभ्य समाज र स्वस्थ्य सुशी परिवारको विकास हुनेमा प्रमुख अतिथि र अतिथिहरुले बताएका थिए । संस्थाकी अध्यक्ष सावित्री बस्नेतले यो कार्यक्रम औपचारिक स्तरको नभएर जनचेतनामुलक सामाजिक अभियानको बिद्यालय लक्षित पाठ भएको हुदा आफूबाटै लागू औषध तथा दुव्र्यसन बारेको जानकारी र ज्ञान भए घर परिवार समाजमा यसको चेतना सम्वाहक बन्ने हुदा युवा तथा बिद्यार्थी लक्षित छोटो कार्यक्रम नैतिक शिक्षाको रुपमा अवधारणा बनाइएको प्रष्ट पार्नुभयो । कार्यक्रम व्यवस्थापक तथा उद्घोषिका साधना बस्नेतले लागू औषध तथा दुव्र्यसन बिरुद्धको १ दिने छोटो मिठो तवरले सम्पन्न गर्नमा सहयोग पुर्याउने प्रमुख अतिथि, अतिथिहरु, बिद्यार्थी भाई बहिनीहरु मानसिंग बिद्यालय परिवारलाई विशेष धन्यवाद् दिदै बृहत् रुपमा संस्थाले यस्ता कार्यक्रमहरु औपचारिक रुपमा नै माग भएको खण्डमा सञ्चालन गर्ने सोच बनाएकोले समन्वय र सहकार्यका लागि बिद्यालयहरुलाई सल्लाह सुझाव सहित आउनुहुन आग्रह समेत गरिन् । संक्षेपमा सृजनशील प्रवद्र्धन केन्द्रको यो कार्यक्रम बिद्यालयस्तरीय युवा बिद्यार्थी लक्षित सामाजिक अभियानको एक छोटो रुप हो भन्न सकिन्छ । यसरी नै अन्य संघ संस्थाहरुले पनि यस्ता चेतनामुलक कार्यक्रम सञ्चालन गर्दै जाने हो भने समुदायस्तर सामाजिक क्षेत्रमा लागू औषध र दुव्र्यसनीको अहिलेको अवस्थालाई धेरै नै न्युनीकरणका लागि सफलता मिल्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१