यस्तो पनि विद्यालय !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ मंसिर २०७१, शुक्रबार १६:०४

काशी पोखरेल÷बाँके । यो हो विद्यालय, जसको न भवन छ न कक्षा कोठा नै । जहाँ भवन नभएको कारण विद्यार्थीहरु खरले छाएको छाप्रोमा बसेर पढ्न बाध्य छन् । पानी परेको समयमा कोठाभित्र पानी पस्ने भएको विद्यालय नै बन्द हुने गरेको विद्यार्थी र शिक्षकहरु बताउँछन् । खरले छाएको छाप्रोको एउटै कोठामा कक्षा ३ र ४ का विद्यार्थीलाई राखेर पठनपाठन गराइँदै आएको छ । यो हो बाँकेको फत्तेपुर–८ मोहनपुरमा रहेको दिपज्योति प्राथमिक विद्यालय ।

कक्षा ५ मा अध्ययनरत जुना मगर विद्यालयको भवन नहँुदा छाप्रोमा पढ्नु परिरहेको बताउँछिन् । उनले पानी कक्षा कोठामा छिरेर कति दिन भिजेको अनुभुति सुनाइन् । उनी भन्छिन्, “पानी पर्न लाग्यो भने छुट्टी हुन्छ, कहिले काही भने एक्कासी पानी आएर भिजाउँछ पनि ।” उनले जाडोमा छाप्रोको वरिपरी राम्रोसँग बार नलगाएको चिसो हुने गरेको बताउँछिन् । कक्षा ४ मा अध्ययनरत निखिल राना दुई वटा कक्षा एउटै कोठा पढाई हुने गरेको बताउँछन् ।
विद्यार्थी रानाले भने, “कक्षा ३ र हाम्रो एउटै कोठामा पढाई हुन्छ, हल्लाले पढाइ नै समस्या हुन्छ ।” उनले दुई वटा कक्षा एउटै कोठामा पढाई हुदा हल्लाले पढ्नै गाह्रो हुने बताउँछन् । कक्षा ३,४ र ५ छाप्रोमा र कक्षा १, २ बाढी पीडितको आश्रय स्थलको लागि बनाएको भवन राखेर पढाइने गरेको शिक्षिका जानकी बुढाक्षेत्रीले बताउँछिन् ।
“भवन नै छैन त्यसैले यहाँ पढाइरहेका छौँ” शिक्षिका जानकी बताउँछिन् । सो विद्यालयमा बाल विकासको लागि मात्रै एउटा भवन छन् । सो विद्यालयमा २०७ जना विद्यार्थी अध्ययनरत छन् । थारु समुदायको बहुल्य रहको सो विद्यालयको अवस्था नाजुक रहेको छ । बिनौना स्रोत केन्द्रका स्रोत व्यक्ति विष्णु शर्मा विद्यालयको अवस्था दयनिय रहेको बताउँछन् ।
स्रोत व्यक्ति शर्मा भन्छन्, “भवन पनि छैन, शिक्षकको पनि अभाव छ । स्रोत व्यक्ति शर्माका अनुसार सो विद्यालयमा एक जना मात्र दरबन्दी शिक्षक छन् । अरु सबै स्वयंसेवी शिक्षक छन् ।” उनले आफनो स्रोत केन्द्र भित्र रहेका २९ वटा विद्यालय मध्ये दिप ज्योतीमा मात्रै भवन नभएको विद्यालय रहेको बताए । निमित्त जिल्ला शिक्षा अधिकारी रामसुरेश यादवले भवनको माग नै आएको जानकारी आफुलाई नभएको बताउदै माग आएपछि आवश्यकताको आधार उपलब्ध गराउने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१