चीनमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने लिफ्ट !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ बैशाख २०७१, बिहीबार १५:००

काठमाडौं, वैशाख  । चीनको ग्वांगझु प्रान्तमा बनाइएको गगनचुम्बी भवनमा जडान गर्न लागिएको लिफ्ट विश्वकै तीव्र गतिको हुने दाबी चीन सरकारले गरेको छ । प्रतिघण्टा ७२ किलोमिटरको गतिमा दौडने उक्त लिफ्ट निर्माण गर्ने जिम्मा हिटाची कम्पनीले लिएको छ ।

उक्त लिफ्टमा ९५ तलामाथि ४३ सेकेन्डमै पुग्ने बताइन्छ । तीव्र गतिमा रहेपनि यसबाट यात्रुको कानमा कुनै  असर पर्ने छैन ।

अहिलेसम्म ताइवानको ताइपेईस्थित एक भवनमा जडान गरिएको लिफ्ट नै सबैभन्दा छिटो चल्ने लिफ्ट मानिन्छ । जुन प्रतिघण्टा ६० दशमलव ६ किलोमिटरको दरले दौडन्छ । (एजेन्सी)

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१