क्यान्सरका लक्षणहरूलाइ बेवास्ता नगरौं

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ मंसिर २०७१, शुक्रबार १०:१७
लण्डन, मानिसहरूमा सायद यो क्यान्सरको भय यति धेरै रहेको छ कि उनीहरू यो रोगको सम्भावित चेतावनीको संकेतहरूलाइ बेवास्ता गर्दछन, जसका कारण पछि यसले ठुलो रूप लिन्छ र अनि पछुताउन थाल्दछन । हालै गरिएको एक अध्ययनबाट यस कुराको खुलासा भएको हो ।
निष्कर्षका अनुसार, जम्मा १ हजार ७ सय मानिसहरूमाथि यो अध्ययन गरिएको थियो, जसमा लगभग ५३ प्रतिशत मानिसहरूले भने कि तीन महीना पहिले उनीहरूलाइ क्यान्सरको कम्तीमा एक गम्भीर लक्षणको जानकारी भएको थियो, तर दुर्भाग्यपूर्ण कुरा यो हो कि उनीहरू मध्ये मात्र दुइ प्रतिशत मानिसहरूलाइ यो क्यान्सरको सम्भावित लक्षण हो भन्ने लागेको थियो ।
अध्ययनको निष्कर्ष अनुसार, क्यान्सरको लक्षणहरूलाइ मानिसहरू बढ्दो उमेर, संक्रमण, गाँठो आदि कुराहरू भन्दै बेवास्ता गर्ने गर्दछन ।युनिभर्सिटी कलेज अफ लण्डनमा बरिष्ठ अनुसन्धानका बिद्यार्थी क्याटरीना व्हीटेकरले बताए अनुसार क्यान्सरका लक्षण देखिनुको मतलब यो हैन कि यो रोग क्यान्सरकै हो । यो त क्यान्सर वा अन्य रोगहरूको लक्षण हुन सक्दछ । तर शुरुवातमानै यस कुरामाथि ध्यान दिनु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१