विश्वकपको टिममा परेनन् भारतका यी क्रिकेट हस्ती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ मंसिर २०७१, शुक्रबार १०:०४
एजेन्सी । भारती क्रिकेट कन्ट्रोल बोर्ड आगामी वर्ष हुने विश्वकप क्रिकेटका लागि ३० खेलाडीको नाम सार्वजनिक गरेको छ ।यसपटक सार्वजनिक गरेको ३० जनाको टोलीमा अघिल्लो विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका युवराज सिंहसँगै वीरेन्द्र सहवाग, जहिर खान, गौतम गाम्भीर र हरभजन सिंह परेका छैनन् ।यसवर्षको विश्वकप क्रिकेट आगामी फेबु्रअरीमा अष्ट्रेलिया र न्युजिल्याण्डमा हुदैंछ ।
 सन् २०११ को विश्वकपको फाइनलमा श्रीलंकालाई हराउँदै भारतले विश्वकपको उपाधि जितेको थियो ।भारतीय सम्भावित टोलीमा महेन्द्र सिंह धोनी, शिखर धवन, रोहित शर्मा, अजिक्न्या रहाने, रोबिन उथप्पा, विराट कोहली, सुरेश रैना, अम्बाटी रायडू, केदार जाधव, मनोज तिवारी र मनिष पाण्डे छन् ।यस्तै वुद्धिमान साहा, सन्जु, रविचन्द्रन अश्विन, परवेज रसूल, करण शर्मा, अमित मिश्रा, रविन्द्र जडेजा, अक्षर पटेल, इशान्त शर्मा, भुवनेश्वर कुमार, मोहम्मद सामी, उमेश यादव, वरुण एरोन, धवल कुलकर्णी, स्टुअर्ट बिन्नी, मोहित शर्मा, अशोक डिन्डी, कुलदीप यादव र मुरली विजय रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१