एनाकोण्डाले जिउँदै निलेका ब्यक्ति आफैं बाहिर निस्किए ! (फोटो र भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ मंसिर २०७१, शुक्रबार ०९:४९
                                                      (एनाकोण्डाका साथमा पोल रोसोली)
दिनेश बास्तोला, काठमाडौं  । विशालकाय एनाकोण्डाले ठुला ठुला जनावरहरूलाइ समेत एकै गासमा निल्ने गर्दछन । यस कारण हरेक मानिसहरू एनाकोण्डाबाट टाढानै रहन मनपराउँदछन । तर केही मानिस यस्ता पनि हुन्छन, जो चर्चामा आउनका लागी जस्तो सुकै खतरा पनि मोल्न तयार हुने गर्दछन ।यस्तै एक जना व्यक्ति अमेरिकाको न्यू जर्सीमा बस्ने पोल रोसोली हुन।
गत महिना रोसोलीले आफुलाइ २२ फिट लामो र १८१ किलोग्राम तौल भएको एनाकोण्डालाइ जिउँदै निल्नका लागी सुम्पिएका थिए । उक्त एनाकोण्डाले उनलाइ जिउँदै निलेको थियो । त्यसपछि उनी उक्त एनाकोण्डाको पेटबाट जिउँदै बाहिर निस्किएका थिए ।हालै मात्र उनले यस खतरनाक स्टन्टका बारेमा सुनाएका थिए ।यस स्टन्टपछि रोसोलीले भने कि मैले यसका लागी एक बिशेष किसिमको स्नेक-प्रूफ सूट लगाएको थिएँ । जुन एनाकोण्डाको घातक पकड र पेटको रसायनहरूबाट मानिसलाइ बचाउनमा सक्षम रहेको थियो । यो सूटमा क्यामराहरू जडान गरिएको थियो ।
हामीले यो स्टन्ट अघि पूर्ण रूपमा सूटको जांच गरेका थियौं, ताकि उक्त सर्पलाइ कुनै एलर्जी नहोस् । यसपछि हामीले अमेजनको जंगलहरूमा करिब ६० दिन सम्म विशालकाय एनाकोण्डाको खोजी गर्यौ । यस क्रममा एनाकोण्डाको तौल देखि लिएर यस सम्बन्धि अन्य गहन वैज्ञानिक अध्ययन गरियो, जसले सर्पको बिषयमा मानिसहरूलाइ जागरुक गराउन सकियोस ।
रोसोलीले अगाडी भने कि एनाकोण्डाको पेट भित्र जानु अघि म बिल्कुलै डराएको थिइन । यो कुराले भने मलाइ चिन्तित बनाएको थियो कि कतै मेरो कारणले यस विशालकाय सर्पलाइ कुनै नोक्सानी भने नहोस । यसका लागी हामीले सूटलाइ निकै स्मूथ डिजाइन गरेका थियौं । जसले यस सर्पलाइ कुनै प्रकारको समस्या नहोस । सूट बनेपछि यसको गहन जांच गरेपछि मात्र म एनाकोण्डाको पेट भित्र पसेको थिए ।
म बाहिर निस्किएपछि उक्त सर्पलाइ कुनै प्रकारको नोक्सानी भएन । साथै अहिले उ बिल्कुलै सुरक्षित अबस्थामा रहेको छ ।यस शो को प्रसारण आगामी आइतबार राती ९ बजेर १५ मिनेटमा डिस्कभरीमा प्रशारण गरिनेछ ।
यस स्टन्टको भिडियो हेर्नुहोस।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१