अनुहारले बताउँछ मानिसको स्वास्थ्य अवस्था !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ मंसिर २०७१, बिहीबार ०६:३१

 

लामो नाक, चाउरी अनुहार, खुइलिँदै गएको कपाल – हामी धेरैले यस्ता कुरा बदल्न चाहन्छौँ । तर हाम्रो अनुहारका केही विशेषताहरु बदल्न खोजेर सम्भव हुँदैन र त्यस्ता विशेषता अर्थात् मुखाकृतिहरु हाम्रो सरीरको स्वास्थ्य अवस्थाका सूचक हुन्छन् । अनुहारका हरेक अंगहरुको आकार प्रकार तथा अवस्थाले हाम्रो जिउको स्वास्थ्य अवस्थाको संकेत गरिरहेका हुन्छन् । जस्तै यदि तपाइँको आँखा केही बाहिर निस्किएको जस्तो छ भने यसले तपाइँको सरीरमा थाइरोइडको समस्या छ भन्ने कुराको संकेत गर्छ । अनुहारले यसरी बताउँछ स्वास्थ्य- आँखाको कालो भागमा यदि सेतो गोलाकार छ भने त्यो रगतमा कोलेस्ट्रोल बढेको संकेत हो । यस्तो सेतो वृत्त बोसो जमेर भएको हो । साथै परेला तथा आँखा बाहिरको छालामा बोसोयुक्त डल्ला वा पिम्पल हुनु पनि उच्च कोलेस्टेरोलको लक्षण हो । निकै पातलो तथा छोटो दाँत हुनु भनेको पेटमा एसिड बढेको र मुखमा अमिलो पानी आउने संकेत हो ।
 यदि जिब्रो यसको सामान्य रंगको साटो कालो, गाढा तथा भुत्ले जस्तो देखिन्छ भने त्यो मानिसको मुखको सफाइमा कमी भएको, धूमपान गर्ने तथा एन्टीबायोटिक सेवन गरिरहेको लक्षण हो । छाला तथा आँखाको रंग पहेँलो छ भने त्यसले कलेजोको खराबी भएको, कमलपित्त भएको संकेत गर्छ । साथै उच्च रक्तचाप र मधुमेहको औषधि सेवन गरिरहेका विरामीको छाला पनि पहेँलो हुन्छ । त्यस्तै अनुहारमा चाउरी पर्नु उमेर छिप्पिएको तथा हड्डी कमजोर हुने ओस्टियोपोरोसिस भन्ने रोगको समेत लक्षण हो । जब सरीरमा कोलाजेन तत्वको कमी हुन्छ त्यसले छालामा चाउरी पर्न सुरु हुन्छ । कानको लोती घुमि्रनु भनेको मुटुसम्बन्धि रोगको लक्षण हुनसक्ने विज्ञहरुको भनाइ छ ।
निकै तिब्ररुपमा कपाल झर्नुको एउटा कारण थाइरोइडको असन्तुलन पनि हो । त्यस्तै आइरन तत्वको कमी हुँदा पनि महिलामा बढि मात्रामा कपाल झर्ने गर्छ । महिलाको अनुहारमा बढि रौँ हुनु भनेको डिम्वासयले एन्ड्रोजेन हर्मोन बढि उत्सर्जन गर्नु हो । साथै अनुहारमा रौँ पलाउन थाल्नु महिनावारी रोकिने लक्षणको रुपमा पनि लिइन्छ । आँखिभौँका रौँ झर्दै जानु भनेको थाइरोइड हर्मोनको कमी हो । गाला बढि रातो हुनुको एउटा कारण कसिङग्स सिन्ड्रोम हो, यसमा कोर्टिसोल हर्मोन बढि उत्सर्जन भएको हुन्छ जसका कारण रक्तनली सुन्निएको हुन्छ ।
गालाको रंग बैजनी वा निलो छ भने रगतमा अक्सिजनको मात्रा कम भएको बुझ्नुपर्छ । अध्ययन अनुसार लामो नाक हुने मानिसमा स्वास प्रस्वास सम्बन्धि समस्याको जोखिम कम हुन्छ । नाक लामो भयो भने नाकमा हुने धेरै रौँ का कारण हावामा भएका धूलोका कण तथा जिवाणुहरु नाकमै छानिने र त्यस्ता हानिकारक वस्तु फोक्सोमा जान नपाउने सम्भावना धेरै हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१