सलमान खान अदालतमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ मंसिर २०७१, बुधबार १६:३०

एजेन्सी, मुम्बई, १७ मङ्सिर । भारतीय अभिनेता सलमान खानले सन् २००२ मा गाडीले ठोक्काएर एक व्यक्तिको हत्या गरेको (हिट एन्ड रन) अभियोगमा परेको मुद्दाको आज सुनुवाई हुने भएको छ । सन् २००२ को सेप्टेम्बर २८ मा मुम्बईको बान्द्रामा आफ्नो गाडीले ठोक्काएर एक व्यक्तिको हत्या गरेको आरोपमा सलमान विरुद्ध मुद्दा चलिरहेको छ । सोही मुद्दाको आज मुम्बई स्थित अदालतमा सुनुवाई सुरु भएको हो ।

1
सलमान खान आफ्नी दुई बहिनीहरु अलवीरा र अर्पिताका साथ अदालतमा हाँजिर भएका छन् । मुद्दा कसको पक्षमा फैसला हुन्छ त्यो निर्णय हुन भने बाँकी नै छ ।

बान्द्रा स्थित एक बेकरीको अगाडि बसिरहेका ५ व्यक्तिलाई सलमानको गाडीले ठक्कर दिएको थियो जसमा ४ जना घाइते भएका थिए भने १ को ज्यानै गएको थियो । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१