तराजुमा जोखेर विद्यालयलाई पैसा दान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ मंसिर २०७१, बुधबार ०७:३५

भोजपुर ,१७ मङ्सिर ।  यहाँका एक वृद्धले सदरमुकामस्थित विद्योदय उच्च माध्यमिक विद्यालयलाई आफ्नो तौल बराबरको पैसा दान गरेका छन् । भोजपुरको पोखरेमा जन्मेर हाल विराटनगर एयरपोर्ट मोडमा बस्दै आएका ७८ वर्षीय दलबहादुर राउत (दशरथ) ले बीच मंगलबार तुला दान गरेका हुन् ।

शिक्षक, विद्यार्थी र गाउँलेसहित सयाैं को उपस्थितिमा शिवालय मन्दिर परिसरमा तराजुमा जोखिएर राउतले विद्यालयलाई पैसा दान गरे । वैद्धिक विधीअनुसार राउतले आफ्नो ७५ केजी तौल बराबरको सिक्का जोख्दा हुने ३० हजार रकम विद्यालयलाई दान गरे ।

गरिवका छोराछोरीलाई पढ्न सजिलो बनाउन पैसा दान गरेको राउतले बताए । राउतले आफ्ना स्वर्गीय मातापिता तथा उनका परिवारका अन्य सदस्यले समेत विद्यालयलाई छुट्टै ५० हजार १ सय १३ रुपैंया नगद सहयोग गरेका छन् । उनले यसअघि पनि सोही विद्यालयलाई १ लाखबढीको अक्षयकोष स्थापना गरिदिएको विद्यालयका शिक्षक खोमराज धमलाले जानकारी दिए ।

६४ वर्षअघि स्थापना गरिएको विद्योदय माध्यमिक विद्यालयमा विज्ञान कक्षा चलाउन यही १८ गतेबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ गर्ने तयारी भईरहेको छ ।

नौं वर्षअघिदेखि सञ्चालनमा आएको उच्च माविमा गत वर्षदेखि विज्ञान पढाई शुरु भएको हो । आर्थिक अभावले कक्षा चलाउन समस्या भएपछि पुराण लगाएर रकम जुटाउन थालिएको विद्यालयका प्रधानाध्यापक कमलप्रसाद राईले बताए ।

भोजपुरको टुँडीखेलमा लागिएको सप्ताह महायज्ञमा अध्यात्म शिरोमणी पण्डित रामकृष्ण उपाध्यायले संगीतमयसहित कथा वाचन गर्ने भएका छन् । पछिल्लो समय भोजपुरमा सामाजिक कामका लागि महायज्ञ गर्ने क्रम बढेको छ । यसअघि श्यामसिला र तिवारीभञ्ज्याङ्गमा विद्यालय चलाउन पुराण लगाईसकिएको छ

महायज्ञबाट संकलन भएको रकमबाट विज्ञान कोष खडा गरेर कक्षा सञ्चालनमा खर्चिने योजना रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक भुपु वृटिश मेजर बलिमान राईले बताए । बढीभन्दा बढी रकम उठाउन  प्रचार–प्रसार तीब्र पारिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१