अनौठो गाउँ जहाँ सबै जना नाङ्गै बस्छन् (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ मंसिर २०७१, बुधबार ०७:१५

एजेन्सी ।
दुनियाँमा यस्ता धेरै ठाउँ छन् जुन भेषभुषा र संस्कृतिका लागि चिनिन्छन् । तर बेलायतमा यस्तो गाउँ पनि छ जुन गाउँका मानिस भेष भुषा नभएर नग्नताका लागि चिनिन्छन् ।

डेली मेलका अनुसार बेलायतको हर्टफोर्डशयरको ब्रिकेटवुडमा रहेको एक सुदुर गाउँमा सबै मानिस निर्वस्त्र बस्छन् ।

स्पीलप्लाट्ज नामको यो गाउँमा विगत ८५ वर्ष देखि मानिसहरु नाङ्गै बस्दै आएका छन् ।

यहाँ स्त्री वा पुरुष सबै निर्वस्त्र बस्छन् । यो गाउँको विषयमा अव एउटा वृत्त चित्र पनि तयार हुँदैछ । जसको नाम छ ‘द न्यूडिस्ट नेक्‍स्ट डोर’

यहाँको वास्तविकता सन् १९२९ मा शोधकर्ता इसुल्ट रिचर्डसनले बाहिर ल्याएका थिए । यहाँका मानिसहरुले आफूहरु प्रकृतिको सबै भन्दा नजिक रहेको दावी गर्छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१