फेरि मेसी र रोनाल्डोकै बीच घमासान, नेउएर पछिपछि…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७१, मंगलवार १४:४०

एजेन्सी । विश्व फुटवल महासंघ फिफा र फ्रान्स फुटबलले सन् २०१४ को फिफा बेलान डि ओर अवार्डका लागि तीन खेलाडिको नाम सार्वजनिक गरेको छ ।


बेलान डि ओर का लागि स्पेनिस क्लब बार्सिलोनाका स्टार लियोनल मेसी, रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो र जर्मन क्ल्ब बार्यन म्युनिखका म्यानुयल नेउएर रहेका छन् । मेसीले सन् २००९ देखि सन् २०१२ सम्म लगातार ४ पटक बेलान डि ओर जितेका थिए । त्यस्तै रोनाल्डोले २००८ र २०१३ मा हात पारेका थिए ।

मेसीले जारी सिजनमा कुनै व्यक्तिगत ट्रफि नजितेपनि ला लिगा र च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ताको किर्तिमान रचेर उनले सिजनलाई यादगार भने बनाएका छन् । रोनाल्डोले भने रियल मड्रिडलाई च्याम्पियन्स लिगसम्मको यात्रा तय गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

साथै एकै सिजन १७ गोलको किर्तिमन समेत बनाएका थिए ।
नेउएरले भने बेलान डि ओरको मनोनयनमा पहिलो पटक आफ्नो नाम पार्न सफल भएका हुन् ।

बेलान डि ओरको मनोनयनमा पर्ने नेउएर लेभ यासिन पछिका दोस्रो गोलकिपर हुन् ।

जर्मनलाई विश्वकप दिलाउनुअघि उनले बार्यन म्युनिखलाई बुन्डेस लिगको उपाधि दिलाएका थिए । बेलान डि ओरको विजेताको घोषणा आगामि जनवरी १२ मा गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१