यात्रुले हस्तमैथुन गरेपछि जहाजको आकस्मिक अवतरण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७१, मंगलवार ११:५९
२६ वर्षे एक यात्रुले हवाइजहाज भित्रै हस्तमैथुन गर्न थालेपछि उडिरहेको जहाजलाई आकस्मिक अवतरण गराउनु परेको छ । सुन्दैमा आश्चर्य लाग्ने यो घटना अरु कहीँको नभएर अमेरिकाकै हो ।
Masturbating-Passenger-Forc
गत सोमबार बोस्टनबाट लसएन्जल्सका लागि उडेको भर्जिन अमेरिका एयरलाइन्सको यात्रु डग एडम्सले जहाज आकाशमा उडिरहेकोबेला हस्तमैथुन गर्न सुरु गरेको र जहाजको ढोका खोल्ने प्रयास गरेपछि यस्तो आपत् परेको हो ।
उनको यस्तो व्यवहारले अन्य यात्रुसँग झगडा पर्‍यो र पाइलटले उक्त जहाजलाई नेब्रास्कामा आकस्मिक अवतरण गराएको हफिन्टन पोष्टले जनाएको छ ।
जहाज अवतरण भएलगत्तै प्रहरीले एडम्सलाई पक्राउ गरी हतकडी लगाएर लगेको थियो । उनलाई मानिसक परिक्षणका लागि अस्पतालमा लगिएको एनबीसी लसएन्जल्स डट कमले उल्लेख गरेको छ ।
उक्त जहाजका एक यात्रुका अनुसार बाथरुम गएर आएपछि एडमले आफ्नो छेउँमा बसेकी महिलासँग झगडा गर्न थालेका थिए । त्यसपछि उनले विमान कर्मचारीलाई ती महिलालाई आफ्नो छेउँबाट हटाउन आग्रह गरे ।
सोही विषयमा उनको जहाजका यात्रुसँग झगडा पर्‍यो । त्यसपछि उनले जहाजको इमर्जेन्सी ढोकामा लगाएको प्लास्टिक हटाएर ढोका खोल्नका लागि तान्न थाले ।
धन्न उक्त जहाजमा यात्रु भएर बोस्टन प्रहरीका केही अधिकारीहरु समेत चढेका रहेछन् । प्रहरी अधिकारीहरुले उनलाई तत्कालै च्याप्पै समाते । त्यसपछि चालक दलका सदस्यहरुलाई विमान कर्मचारीहरुले खबर गरे र विमानको आकस्मिक अवतरण गरिएको बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१