मोदीको भाषण सुन्दा प्रहरी प्रमुख नै निदाए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ मंसिर २०७१, मंगलवार ०६:२५

 नयाँ दिल्ली ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार फुर्तिला (स्मार्ट) प्रहरीको आवश्यकताका विषयमा प्रहरी प्रमुखहरूको सम्मेलनमा बोलिरहेको अवस्थामा एक प्रहरी प्रमुख निदाएको राष्ट्रिय टेलिभिजनमा देखिएपछि उनका सहायकहरूले रातो मुख लगाउनुपरेको छ ।

भारतको उत्तरपूर्वी राज्य असममा यसै साताको अन्त्यमा राष्ट्रिय सुरक्षाका विषयमा एक प्रमुख सम्मेलनमा मुलुकका प्रहरी सेवाका उच्च अधिकारीहरू भेला भएका थिए ।

प्रधानमन्त्री मोदीले उक्त सम्मेलनमा सम्बोधन गर्दा सतर्क, जिम्मेवार, भरपर्दो, जवाफदेही प्रहरीको आवश्यकतामा वकालत गरिरहनुभएको थियो । सोही समयमा टेलिभिजनमा केन्द्रीय अन्वेषण ब्युरोका निर्देशक रञ्जित सिन्हा भने अनेकौँपटक निदाएको देखिए ।

प्रधानमन्त्री मोदीले फूर्तिलो (स्मार्ट) प्रहरीले कडा तर संवेदनशील (स्ट्रिक्ट बट सेन्सिटिभ), आधुनिक र परिचालन हुनसक्ने (मोडर्न एन्ड मोबाइल), सतर्क तथा जवाफदेही (अलर्ट एन्ड अकाउन्टेबल), भरपर्दो र प्रतिक्रियात्मक (रिलायबल एन्ड रेस्पोन्सिभ) र प्रविधियुक्त तथा तालिमप्राप्त (टेक्नोसेभी एन्ड टे«न्ड) भन्ने आफ्नो अर्थ रहेको बताएका थिए ।

शनिबार गृहमन्त्रीले लडाकूको चुनौतीका विषयमा भाषण दिनुहुँदा पनि मुलुकको प्रमुख आपराधिक अनुसन्धान संस्थाका प्रमुख सिन्हाले केही समय आँखा बन्द गरेको एनडीटीभी सञ्जालले देखाएको थियो ।

सीबीआईका प्रवक्ताले उक्त चित्रका विषयमा टिप्पणी गरेनन् तर उनले राजिनामा दिनुपर्ने गरी उनको स्वास्थ्य खराब नभएको बताइन् ।

सिन्हा आउँदो केही दिनमा अवकाश प्राप्त गर्दै हुँदैछन । टुजी टेलिकम अनुमतिपत्र व्यापारी समुदायलाई निकै कम मूल्यमा उपलब्ध गराएको भन्ने विषयमा उनको संस्थाले गरेको अनुसन्धानमा उनी विवादको केन्द्रमा तानिएका छन ।

सीबीआईले यस काण्डमा अनुसन्धान गरिरहेको अवस्थामा संलग्न अनेकौँ व्यक्तिलाई निजी रूपमा भेट गरेको आरोपमा सर्वोच्च अदालतले उनलाई यसै महिनाको आरम्भमा यस मुद्दाबाट हट्न आदेश दिएको थियो । रासस,एएफपी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख १८, २०८१