मेस्सीमाथि मैदानमै बोटल प्रहार, नेयमार हेडबुट विवादमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७१, सोमबार १०:५८
१५ मंसिर, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सयामाथि संघर्षपूर्ण जित हात पार्दै लिओनल मेस्सीमाथि प्लाटिकको बोतल प्रहार भएको छ ।बार्सिलोनामा अर्को स्टार नेयमारले भने विपक्षीमाथि हेडबुट हानेका छन् ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १–० गोल अन्तरले पराजित गरेको छ । उसका लागि खेल सकिन मात्र २ मिनेट बाँकी छँदा सर्जिओ बुस्केटले निर्णायक गोल गरे ।

मेस्सीको पासमा नेयमारले हानेको बल भ्यालेन्सियाका गोलरक्षकले रोके तर, बाउन्स भएको बेलमा बुस्केटले क्लोज रेन्जबाट गोल गरे ।

गोलको खुसी मनाउने क्रममा घरेलु टीमका समर्थकले मेस्सीलाई प्लास्टिकको बोटलले हानेका छन् ।
खेलमा ६८ औं मिनेटमा बार्सिलोनाका लुइस स्वरेजले गोल गरेपनि रेफ्रीले अफसाइड थिए । त्यसअघि भ्यालेन्सियाका नेग्रेडोको गोल प्रयासलाई बार्सिलोनाका गोलरक्षक ब्राभोले उत्कृष्ट बचाउ गरेका थिए ।
नेयमारको हेडबुट
 
खेलको २० औं मिनेटमा नेयमारलाई निकोलस ओटोमण्डीले फल गर्न पुगे ।
फलको अपिल गर्दै मैदानमा बसिरहेका नेयमारको टाउको नजिकै लगेर ओटामेन्डीले केही भनेपछि नेयमारले टाउको अगाडि बढाउँदै ठोक्काए ।
लगतै ओटोमण्डीले आफ्नो पेनाल्टी एरियामा अनुहार छोप्दै लडे । यो विवादास्पद हेडबुटमा रेफ्रीले नेयमारमाथि कुनै कारबाही गरेनन् । तर, दुबै टीम विवादमा उत्रिएपछि बार्सिलोनाका जरार्ड पीके र भ्यालेन्सियाका एन्टोनिओले पहेँलो कार्ड पाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१