आज बिश्व एड्स दिवस मनाइँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७१, सोमबार १०:५५
                                   नेपालमा एचआइभीबाट संक्रमित हुनेहरूको संख्या करिब ४१ हजार
काठमाडौं, आज डिसेम्बर १ तारिख । बिश्व एड्स दिवस। सोमबार यो दिवस संसारभर बिभिन्न कार्यक्रमहरूको आयोजना गरि मनाइँदैछ ।सन १९८८ देखि हरेक बर्षको डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउन थालिएको हो ।
एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्याऔं भन्ने नाराका साथ यो दिवसका अबसरमा नेपालमा पनि बिभिन्न चेतनामुलक कार्यक्रमहरूको आयोजना गरिँदै छ ।
अहिले मुलुकमा एचआइभीबाट संक्रमितको संख्या करिब ४१ हजार रहेको बताइएको छ । पछिल्लो समय संक्रमितको संख्या धेरै देखिए पनि नयाँ संक्रमितहरूको संख्यामा कमी आएको कुरा सरकारले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१