ब्वाँसो जोगाउने सरकार विरुद्ध किसानको भेँडा आन्दोलन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७१, सोमबार १०:४६
फ्रान्सको चर्चित इफेल टावर अगाडि किसानहरुको ठूलो संख्यामा आफ्ना भेडा जम्मा पारेर आन्दोलन गरेका छन् । सरकारी संरक्षणका कारण ब्वाँसोको संख्यामा वृद्धि भएको र ब्वाँसोले आफ्ना वस्तुभाउ खाइदिएर सखाप बनाएको भन्दै किसानहरु ब्वाँसो बचाउने सरकारको विरुद्धमा भेडा जम्मा गरी आन्दोलनमा उत्रिएका हुन् ।‘आजका किसान, भोलिका बेरोजगार’ लेखिएको व्यानर समेत लिएर किसानहरु इफेल टावर अगाडि जम्मा भए ।
सरकारले ब्वाँसोको आक्रमणबाट आफ्ना वस्तुभाउलाई जोगाउनका लागि प्रभावकारी योजना ल्याउनुपर्ने उनीहरुको माग थियो । एकजना किसान त ब्वाँसोजस्तै भए त्यहाँ उपस्थित थिए ।अचम्मको कुरा त के भने, किसानहरु ब्वाँसोको विरुद्धमा आन्दोलनमा उत्रिएको बेला इफेल टावरकै अर्कोपट्टी जनावर अधिकारकर्मीहरु भने ब्वाँसोको संरक्षण गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए ।
यसअघि सिकार गरिने ब्वाँसो सन् १९३० ताका फ्रान्समा झण्डै लोप हुने स्थितिमा पुगेको थियो । तर पछिल्लो समयमा सरकारले ब्वाँसोलाई संरक्षित वन्यजन्तुको सूचिमा राखेर सिकारमा प्रतिबन्ध लगाएपछि यसको संख्या ह्वात्तै बढेको छ ।प|mान्समा किसानले पालेका ५ हजार जति भेँडा एक वर्षमा ब्वाँसोले मारेर खाइदिने गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१