३२ दिनसम्म ब्याट्री टिक्ने मोबाइल नेपाली बजारमा छ्यापछ्याप्ति !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ मंसिर २०७१, सोमबार ०६:२१

 मोबाइल जगतमै अग्रपंतिमा रहेको, आफ्नै डिजाइन, उत्पादन र अनुसन्धान तथा विकासद्वारा उत्कृष्ट गुणस्तरका ह्याण्डसेट हरु निर्माण गर्न जियोनीले एम सेरिजको मोबाइल फोन नेपाली बजारमा ल्याएको छ ।

लामो समयसम्म टिक्ने धेरै शक्तिशाली ब्याट्री भएको यो मोबाइल फोन अन्तराष्ट्रिय बजारहरुमा सार्वजनिक भएपछि यसको कार्यक्षमता र वितरणलाई थुपै्र उपभोक्ताहरुले मन पराउनुका साथै तारिफ पनि गरेका छन् ।
एम थ्री को उत्पादन सँगसँगै जियोनी मोबाइल जगतमै एक कदम अगाडि बढ्न सफल भएको छ ।
सबै भन्दा शक्तिशाली ५००० एमएएच ब्याट्री भएको यो मोबाइल फोन ले ३३.७ घण्टासम्मको टकटाइम र ३२.८ दिनको स्ट्याण्डबाइ टाइम दिने अर्थात चार्ज नगरिकन प्रयोग गर्न सकिन्छ जसले तपाईको व्यस्त जीवनमा धेरै नै सजिलो हुनेछ ।
ओ.टि.जी. रिभर्स चार्ज, ओ.टि.जी. डाटा ट्रान्सफर, हटनट, ब्ल्याक स्क्रीन गेस्चरको नियन्त्रण जस्ता नयाँ विशेषताहरुले भरिपूर्ण एम थ्री अद्वितीय मोबाइल ह्याण्डसेट बनेको छ जसले थुप्रै उपभोक्ताहरुको आवश्यकताहरुलाई पूरा गर्नेछ ।
१.३ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ५ इन्चको एच.डी. डिस्प्ले, डि.टी.एस. साउण्ड, पछाडि ८ मेगापिक्सेल र अगाडि २ मेगापिक्सेलको क्यामेरा साथै भि–जेस्चर र स्माइली जस्ता रोचक मोड पनि भएकोले गर्दा ह्याण्डसेटमा नसमातिकन पनि स्न्यापसट लिन सकिन्छ । यसमा गोरमेट मोड पनि उपलब्ध छ जसले गर्दा खानाको फोटोहरुलाई अझै स्वादिष्ट देखाउन सकिन्छ ।
एम थ्री निकै शक्तिशाली फोन हो जसले गर्दा उपभोक्ताहरुले यसलाई सरल र बलियो ढंगले प्रयोग गर्न सक्दछन् । धेरै लामो समय आफ्नो मोबाइल फोन मै बिताउने उपभोक्ताहरुका लागि यो फोन निकै लाभदायक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१