इजरायलमा मैले जे देखेँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७१, आईतवार १०:२८

नवराज कुँवर

झण्डै ७० प्रतिशतकृषक भएको कृषिप्रधानमलुकको म नेपालीयुवा । ३ प्रतिशतभन्दाकम कृषक भएको मुलुक(इजरायल)मा कृषिशिक्षाआर्जन गर्नका लागिआएको छु । प्राकृतिक रुपमा सुन फल्ने क्षमताभएको मेरो माटोमाचित्तबुझ्ने गरी अन्नफलाउननसकेर म बालुवा र चट्टानमा विछ्याइएको विदेशी माटोमा हिरा फलाएको हेर्दैछु ।
प्राकृतिक रुपमा सुगम र सहजभएर पानीको अभाव काटिरहेको देशबाट आएको मैले जम्माभूभागको आधाभन्दा बढि मरुभूमिभएको इजरायलमाआजथोपासिचाईबाट १२ महिनाअन्नउत्पादनभएको हेरिरहेछु ।
विगौं विगाहजमिनहुने जमिनदारहरु वर्षभरि चावलखाननपुगेर बजारमागएर मंसुली छान्नुपर्ने बाध्य देशको मैले आज एक कट्ठा पनिजमीननभएको कृषकले भाडाको जग्गामा सरकारी ऋणमार्फत करोडौं कमाएको हेरें ।
किसानको छोरा भएरपनि २ घण्टा कामगर्ने बानीनभएको म आजदिनको १५ घण्टासम्म मेहनत गर्छु, म त दिनको झण्डै २सय सेकल(नेपालको करिब ५हजार)जतिआर्जन गरेर मख्ख छु तर यहाँका कृषकलाई झण्डै २ हजार सेकलअर्थात (५० देखि ६० हजार नेपाली रकम)को फाइदा गराउँदैछु ।घरको विगाहजमिनमा खेतालालगाएर आफु यहाँयहूदिको खेताला बनेर कामगर्दैछु । अर्थात म मालिकबन्न छाडेर दासीजीवन नै विताइरहेको छु ।यसैमा रम्दैछु र मजस्तै अरुहरु पनि रमाउदैछन् ।
प्राकृतिक सुगमता हेर्ने हो भने त हाम्रो नेपाल र इजरायलतुलनागर्नै मिल्दैन । किनकीहामीत्यतिमाथी छौँ । तर विडम्बना यथार्थमाहामी इजरायलभन्दा कैयौँ गुणा पछाडी छाँै ।
इतिहास खासै लामो छैन जहाँदेखि इजरायलको कृषिविकास प्रारम्भ भयो ।हालइजरायलमा कृषिको एक उच्चविकसितउद्योग छ । इजरायलकाताजाउपज र इजरायलको भूगोल कृषिकालागि स्वभाविक छैन भन्ने तर्कका बावजुद कृषिप्रविधिमाविश्वकै निर्यातक देशमध्यको एक नेतादेशबन्नपुगेको छ । यस देशमाभूमि क्षेत्रको आधाभन्दा बढि मरुभूमि छ र जलस्रोत र हावापानीबाट पनिअनुकुल छैन ।
यहाँको २० प्रतिशतमात्रभूमि खेतियोग्य छ । यस देशले आज२ दशमलव ५ प्रतिशतकुलगार्हस्थ उत्पादन (जेडीपी)र निर्यातको ३ दशमलव७प्रतिशतको प्रतिनिधित्वगर्दछ । जबकी इजरायलका कृषिश्रमिकहरुको कामशक्ति३ दशमलव७प्रतिशतमात्र छ । इजरायलीहरुले आफ्नो खाना र आवश्यकताका९५ प्रतिशतखाद्यान्नहरु आफैँ उत्पादनगर्ने गर्दछन् ।इजरायलमाकिबुज र मोसवभन्ने दुइकिसिमकाअग्रगामीउद्योग र कृषि समुदायको विकास भएको छ । अहिलेको विकसित इजरायली कृषिकोविकाससंग उन्नाइसौ शताब्दिको अन्त्यतिर प्यालेस्टाइन जिओनिष्ट आन्दोलन र यहूदिअध्यागमनपनिगांसिएको छ ।बसाई सरेर आएकायहूदिहरुले खरिद गरेको भूमिज्यादातरअर्ध शुष्कथियो । धेरै वन फडानी, माटोको बेवास्ता गरेर अन्टिलेवलप्रदानगरिएको थियो । तिनीहरुले चट्टानीक्षेत्रहुँदैभास नाली सरसफाईगरिवनबृक्षरोपण र माटोको क्षयलाई निष्तेज पार्ने काम गरे । अनिबसोबासकालागिछतवाला भवनहरु बनाए ।
सन् १९४८ मा इजरायल स्वतन्त्र भएपछि खेतिकालागिकुल क्षेत्रफल ४ सय ८ एकडअर्थात १ हजार ६ सय ५० वर्ग किलोमिटरबाट बढेर १ हजार ७० एकड अर्थात ४३ सय वर्गकिलोमिटरभएको छ । जबकीकृषि समुदायको संख्या ४ सय २५ देखि बढेर ७ सय पुगेको छ । कृषिउत्पादन १६ पटक विस्तार भएको छ जुनजनसंख्या बृद्धिभन्दा तीन गुणा बढि छ ।
इतिहाँस कोट्उने हो भने ६०∕७० वर्षअघि इजरायलमाभोकमरी थियो । मानिसहरुले सीमितखाद्यवस्तुहरुमात्रकिन्न सक्थे । यसकालागि सरकारले उनीहरुलाई कुपनदिन्थ्यो । हरेकपरिवारले दैनिक २ लिटर दूध, ५ किलो पीठो, १० वटा मात्र अण्डा यस्तै–यस्तै धेरै सीमितखाद्यवस्तुहरुमात्रपाउँथे । क्रमशःलामो प्रक्रियापछि कृषिको विकास भएको हो । इजरायलीसंग पानीथिएन । पानीकालागि धेरै खर्च गर्नुपथ्र्यो । काठमाडौंमामानिसहरुले पानीकालागि हरेक महिना ५० रुपैयाँतिर्ने गर्दछन् तर इजरायलकालागि यो त धेरै सस्तो थियो । इजरायलमा त मानिसहरुले घरायसीप्रयोगमा हरेक महिना १–२ सय अमेरिकी डलर तिर्नुपथ्र्यो । पानी धेरै–धेरै महँगो । यस्तो अवस्थामा कसरी कृषिविकास गर्ने, यसकालागिलामो समय लाग्यो । सबैभन्दा महत्वपूर्ण कुरा अवधारणा वा सोच हो । कृषिरुचिहोइन, यो व्यवसायहो । व्यवसायमाउपलब्धिहाँसिलगर्न लगानीगर्नैपर्छ । लगानीनगर्ने हो भने नाफापनिहुँदैन भन्ने कुरा इजरायलीहरुले महशुस गरे, कृषिमालगानी गरे अथक मेहनत गरे । अतःआधुनिकप्रविधि र प्रणालीको माध्यमअंगालेर ६०∕७० वर्षको अन्तरालमा इजरायलीले आफूलाई आवश्यकखाद्यवस्तु उत्पादन गरेर निर्यात पनिगरिरहेका छन् ।आज इजरायललेआफु बाँचरे विश्वका धेरै देशलाई पालेको छ ।
अब नेपालको कृषिको कुरा गरौँ ।
नेपालप्राकृतिक सम्पदाको धनी देश हो । सानो मुलुकभएतापनिहिमालदेखि तराईसम्मपाइने विविधतापूर्ण हावापानीका कारण नेपालमा विविधतापूर्ण प्राकृतिकवनस्पति, फूल, लहरा, जनावर, कीटपतंङग, चराचुरुङगीतथाझरना, खोला, पहाड, कन्दरा आदि पाइन्छन् । कृषिकालागि नेपालअतिसंभावित राष्ट्रमा पर्दछ ।
नेपालमा कृषिले जनसङख्याको ७६प्रतिशत जनसंख्याधानेको छ र कुलगार्हस्थ उत्पादनको ३९प्रतिशत योगदान गरेको छ । नेपाली अर्थतन्त्रको मेरुदण्डका रुपमा कृषिलाई हेरिन्छ । मुख्यतयाभारत सीमानजीकका तराई क्षेत्रमा खेतिका रुपमाचामल, मकै, गहूँ , उखु, दुध, र राँगापालनगरिन्छ । उद्योगमाजुट, उखु, सुर्ति, अन्नलगायतकामुख्यत ः कृषि प्रसोधनकाकार्यहरु गरिन्छ।
७६ प्रतिशतकिसानभएको कृषिप्रधानमुलुक नेपालले ८२ दशमलव २ करोड अमेरीकी डलरको बार्षिक निर्यात गर्छ भने आयात २ अर्व डलरको गर्छ । जसमा कृषिउपज सामाग्री नै बढि हु्न्छन् । यसले पनि नेपालीभूमिमाउत्पादनको संभावनालाई गिज्याइरहेको छ । अहिले नेपालसंग आधुनिकप्रविधिको पहुँच छैन भनिन्छ । एकहदसम्मआधुनिकप्रविधिको अपर्याप्तता रहेको कुरा सत्य हो तर सोच वाअवधारणाको विकास र कार्यान्वयनहुननसक्दा कृषिको विकास पछि परेको हो भन्न सहजै सकिन्छ ।नेपालीसंगपहिलो कुरा श्क्षिा, त्यसपछि सोच, जाँगर र मेहनतको कमी छ ।
हाम्रो शिक्षाले हामीलाईइतिहास सिकाउँछ । नाम, मिति, तिथि र माने कन्ठ गराउँछ । इजरायलमा म किन्नरेटकलेजमा कृषि पढिरहेको छु । ग्रीनहाउस भन्ने च्याप्टर आयो । नेपालमाहो भने ग्रीनहाउसको लम्बाई, चौडाई, उचाई, दूरी, रंग, प्रकार यस्तै यस्तै कुरा घोकाइन्थ्यो । तर यहाँग्रीनहाउस नै बनाउन सिकाइन्छ । कितावमामात्र पढ्ने हैन, यसरी बनाउने भनेर देखाइन्छ । फरक यतिहो शिक्षाको ।
त्यसैले हाम्रो देशको कृषिविकासको संभावनालाई यथार्थमा परिणत गर्नका लागिपहिलो कुरा शिक्षा प्रणालीमा सुधार गरिनुपर्दछ । यसलाई पूर्ण व्यवहारिक बनाइयो भने परिवर्तन अवस्यम्भावि छ । त्यसपछि सोचमाआधुनिकताहुनुपर्दछ । जाँगर र मेहनतसंग नजिकहुनुपर्दछ ।थोरै सामान्य कुराले हामी पछि परेका हौँ भन्ने कुरालाई चिन्तनमनन् गरि हामीले आफुलाई अघि बढायौँ भने पक्कै कृषि पढ्ने मजस्तै नेपालीयुवा इजरायलआएर अरुले उत्पादन गरेको उत्पादन हेरेर छक्क मान्नु पर्थेन । बरु अन्य देशकाविद्यार्थीहरु नेपालतिआउँथे । त्यसै पनि पढेर जानेकोभन्दा परेर जानेको प्रभावकारी र दिर्घकालिन हुन्छ भनिन्छ ।

[email protected]

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१