क्रिकेट बलले फेरि इजरायलमा अम्पायरको ज्यान लियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७१, आईतवार १०:२०

क्रिकेट बलले लागेर अस्ट्रेलियाका खेलाडी फिलिप ह्युजको निधन भएको चार दिन बित्न नपाउँदै अर्को जनाको मृत्यु भएको छ ।

इजरायलको अशदोद सहरमा क्रिकेट म्याचको क्रममा बलले लागेर एक जना अम्पायरको निधन भएको हो । इजरायली क्रिकेट लिगको अन्तिम म्याचका क्रममा ब्याट्सम्यानले प्रहार गरेको बल स्टम्प हुँदै अम्पायर हिलेल अस्करलाई लागेको थियो ।
बलले छातीमा लागेपछि मैदानमा नै ढलेका उनलाई तत्काल अस्पताल पु¥याइए पनि उनको मृत्यु भएको हो । ५५ वर्षीय अस्कर इजरायली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पनि थिए ।
बिहीबार मात्रै अष्ट्रेलियाको सिड्नीमा क्रिकेट बलले लागेर फिलिप ह्युजको मृत्यु भएको थियो । क्रिकेट इतिहासमा बलले लागेर ज्यान गुमाउने उनी ११ औं व्यक्ति हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१