संचारकर्मी कालोटोपी सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ मंसिर २०७१, आईतवार ०८:३१

kalotकाभ्रे ,१४ मङ्सिर ।
नेपाल समाचारपत्रका संवाददाता ज्ञानमणि कालोटोपी सम्मानित भएका छन् ।
जिल्लामा रहेका धार्मिक र साँस्कृतिक पहिचान जोगाउने खालका समाचारहरु लेखेको भन्दै काभ्रे गाविस ३ स्थित रानागाउँमा भइरहेको श्रीमद्भागवत ज्ञानमहायज्ञको अवसरमा उनी सम्मानित भएका हुन् ।
सो महायज्ञ मुलसमारोह समितीका संयोजक केशव रानाभाट र पण्डित मुकुन्द नेपालले महायज्ञ स्थल बतासेडाँडामा शनिवार संयुक्तरुपमा उनलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । संवाददाता कालोटोपी विगत एक दशक भन्दा वढी समय देखि नेपाल समाचारपत्रमा आबद्ध रहँदै काभे्र जिल्लामा रहेका धार्मिक, खोजमुलक र कृषि सम्बन्धि समाचारहरु लेख्दै आएका छन् । कालोटोपी नेपाल समाचारपत्र दैनिकका साथै  काभ्रे  जिल्लाको मध्यमार्ग साप्ताहिक र चन्द्रसूर्य डटकमका प्रमुख संवाददाता पनि हुन् । kalo

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१