बल्ल पत्ता लाग्यो इबोलाको औषधि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७१, शुक्रबार १४:०४


एजेन्सी । वैज्ञानिकहरुले इबोला भाइरस नियन्त्रणका लागि बनाइएको प्रयोगात्मक औषधिको पहिलो परीक्षणको नतिजा सकारात्मक आएको बताएका छन् । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएच)का पदाधिकारीले औषधि परीक्षणको नतिजा आशाजनक रहेको बताएका हुन् ।उनीहरुले यो खोपले शरीरको प्रतिरक्षा क्षमतालाई बढाउन सहयोग पुग्ने बताएका छन् ।

परिक्षणका क्रममा यो औषधि २० जनालाई दिइएको थियो । उनीहरुमा इबोला रोग प्रतिरोधात्मक क्षमता भएको र औषधीको नकारात्मक प्रभाव पनि नदेखिएको वैज्ञानिकहरुको भनाइ छ ।यो औषधिले शतप्रतिशत काम गर्ने पुष्टि भने भएको छैन । फेरि दोस्रो चरणमा परिक्षण गर्ने वैज्ञानिकहरुले योजना बनाएका छन् ।दोस्रो चरणको परिक्षण सफल भएमा इबोला भाइरसविरुद्धको औषधि पश्चिम अफ्रिकी मुलुकमा आगामी जनवरीबाट पठाइने छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१