खेल्दा खेल्दै बलले लागेका अष्ट्रलियन क्रिकेटर फिलिप ह्युजको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ मंसिर २०७१, शुक्रबार १०:०५
एजेन्सी । क्रिकेट खेल्ने क्रममा बलले लागेर गम्भीर घाइते भएका अष्ट्रेलियाका क्रिकेटर फिलिप ह्युजको मृत्यु भएको छ ।२५ वर्षीय ह्युज अष्ट्रलियाको प्रतिष्ठित क्रिकेट लिग टुर्नामेन्ट–शेफिल्ड शिल्ड अन्तर्गातको एक खेलमा ब्याटिङ गर्ने क्रममा मंगलबार घाइते भएका थिए ।
सिड्नी क्रिकेट मैदानमा भएको खेलमा बलले टाउकोमा लागेपछि उनी मैदानमै ढलेका थिए । उनलाई तत्काल अस्पताल लगिएको थियो ।चिकित्सकहरुले उनलाई बचाउने प्रयत्न विफल भएको बताएका छन् । उनी अष्ट्रेलियाका प्रतिभाशाली क्रिकेटरका रुपमा चिनिन्थे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१