अठारौ सार्कको रिर्पोटिङ गर्न स्वदेशी तथा विदेशी गरी ९ सय १२ जना पत्रकारले पास लिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७१, आईतवार १५:३९

sark 2 काठमाडौ ७ मंसिर । आगामी बुधबार र विहीबार काठमाडौमा हुने अठारौ सार्क शिखर सम्मेलनमा रिर्पोटिङ गर्न स्वदेशी तथा विदेशी गरी ९ सय १२ जना पत्रकारले पास लिएका छन् । जसमा नेपालका धेरै छन् भन्ने अन्य मुलुकका कम छन् । सार्कका ८ वटा देश बाहेक अन्य देशका पत्रकारले पनि रिर्पोटिङको पास लिएको सूचना विभागले जनाएको छ । एसियाली राष्ट्र अफागनिस्तानका १७ जना पत्रकारले पास लिएका छन् । बंगलादेशका १ सय ११ जनाले पास लिएका छन् ।

यस्तै भुटानका २ जनाले लिएका छन् । सार्क सदस्य नभएको चीनका तर्फबाट सिन्ह्वा र पिपुल्स डेलीका गरी २ जना पत्रकारले पास लिएको सूचना बिभागले जारी गरेको सूचनामा जनाइएको छ ।
एफपीकालागि जर्मनीबाट एक जना पत्रकार पनि रिर्पोटिङकालागि आएका छन् ।
बेलायतका ५ जनाले पास लिँदा अर्को सार्क राष्ट्र भारतका १ सय ३८ जनाले पास लिए । इटलीका एक जनाले पास लिँदा जापानका ५ जनाले लिए । उत्तर कोरियाले पनि एउटा पास लिएको छ । माल्दीभ्सका ६ जनाले लिए । सार्कको आयोजक राष्ट्र नेपालका ५ सय ८३ जना पत्रकारले रिर्पोटिङ पास लिएका छन् । यसैगरी नर्वेबाट पनि एक जना पत्रकारले पास लिएका छन् ।
पाकिस्तानका ६ जनाले पास लिँदा स्पेनका एक जनाले लिएका छन् ।
श्रीलंकाका १७ जना पत्रकारले पास लिँदा थाइल्याण्डका ४ जना लिए । यसैगरी अमेरिकाका ४ जनाले पास लिएका छन् ।sark

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१