सावधान, ९७ प्रतिशत मोबाइल एप ह्याक गरिएका हुन्छन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७१, आईतवार १०:१०

मोबाइल एप्लिकेसन सम्बन्धि एक अध्ययनले एन्ड्रोइड तथा आइओएस अपरेटिङ सिस्टमका मोबाइलमा चल्ने एप्लिकेसन मध्ये ७५ देखि ९७ प्रतिशत एपहरु ह्याक गरिएको खुलासा गरेको छ । मोबाइल सेक्युरिटी फर्म अर्जान टेक्नोलोजीले सार्वजनिक गरेको रिपोर्ट अनुसार धेरै मोबाइल एप्लिकेसनहरु ह्याक भएका एप्लिकेसन हुने हुनाले प्रयोगकर्ताले आफ्नो स्मार्टफोनमा मोबाइल एप डाउनलोड गर्दा सावधानी अपनाउनु आवश्यक हुन्छ । स्टेट अफ मोबाइल एप सेक्युरिटी नाम दिइएको उक्त रिपोर्ट तयार पार्ने क्रममा शोधकर्ताहरुले मुख्य १ सय वटा सशुल्क तथा २० वटा सर्वाधिक लोकप्रिय निशुल्क एपको विश्लेषण गरेका थिए ।

त्यसक्रममा ९७ प्रतिशत सशुल्क एन्ड्रोइड एप्स तथा ८७ प्रतिशत आइओएस एप्स ह्याक गरिएका रहेको तथ्य खुलेको छ । त्यस्तै निशुल्क एप्सको ह्याकिङ पनि उच्च देखिएको छ । निशुल्क एप मध्ये ८० प्रतिशत एन्ड्रोइड तथा ७५ प्रतिशत आइओएस एप ह्याक गरिएका छन् । भाइरसजन्य तथा अत्याधुनिक साइबर आक्रमणको योजना बुनिरहेका ह्याकरहरुले त्यस्ता एपहरुलाई निशाना बनाउने गरेका रिपोर्टमा उल्लेख छ । विश्वको अग्रणी एन्टीभाइरस क्लाउड कम्प्युटिङ सम्बन्धि कम्पनी ट्रेन्ड माइक्रोले केही समयअघि गरेको अध्ययन अनुसार नक्कली एपहरु सामान्यखाले भाइरस भन्दा बढि खतरनाक हुने देखाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१