मेसी बने ला लिगाका सर्वाधिक गोलकर्ता !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ मंसिर २०७१, आईतवार १०:०४

अर्जेटिनी स्टार स्टाइकर लियोनेल मेसी स्पेनिस ला लिगा फुटबलका सर्वाधिक गोलकर्ता भएका छन् । शनिबार राति सेभिल्ला विरुद्धको खेलमा ह्याट्रिक गरेका मेसीले ला लिगामा २ सय ५३ गोल गरेका छन् । उनले एथ्लेटिको बिल्बाओका पूर्व स्टाइकर टेल्मो जाराको ला लिगामा २ सय ५१ गोलको कीर्तिमान भंग गरेका हुन् ।mesigolखेलको २१, ७२ र ७८ औं मिनेटमा गरि मेसिले ह्याट्रिक गरेको खेलमा बार्सिलोनाले सेभिल्लालाई ५–१ ले पराजित गरेको छ । बार्सिलोनाका लागि ४९ औं मिनेटमा नेइमार र ६५ औं मिनेटमा रेकिटिकले एक एक गोल गरे । सेभिल्लाका लागि ४७ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेका हुन् । यस्तै स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल म्याड्रिडले एइबरलाई ४–० ले पराजित गरेको छ ।mesiroldoरियलका लागि क्रिष्टियानो रोनाल्डोले २ तथा जेम्स रोड्रिग्वेज र करिम बेन्जिमाले एक एक गोल गरे । शीर्ष स्थानको रियलको १२ खेलबाट ३० अंक भएको छ भने दोस्रो स्थानमा रहेको बार्सिलानाको १२ खेलबाटै २८ अंक छ । शनिबार राति नै भएको अर्को खेलमा एथ्लेटिको म्याड्रिडले मालागालाई ३–१ ले पराजित गरेको छ ।mesigolamesiyamesia

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१