अब अनलाइन बसेरै पैसा कमाउन सकिने , सुरु भयो पैसा दिने नयाँ सामाजिक सञ्जाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ मंसिर २०७१, शुक्रबार १५:५०
‘सामाजिक सञ्जालमा लाखौं मानिसको दैनिक घन्टौं समय खेर गइरहेको छ। इन्टरनेटमा समय खर्च भएबापत फेसबुक, ट्विटरले न पैसा दिन्छ न त हजारौं साथी एवं फलोअर्सबाट कुनै काम लिन सकेको छ। इन्टरनेटको लत त्याग्न सके अफ लाइनमा सिर्जनात्मक काम गर्न सकिन्थ्यो कि?’ यस्तो सोच राख्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई ध्यानमा राखेर नयाँ सामाजिक सञ्जाल सु   इन्टरनेट बजारमा आएको छ।
७० लाख अमेरिकी डलर कुल बजेटमा  अमेरिकाको न्युयोर्कबाट गत अक्टोबर १४ देखि सु सर्बजनिक गरिएको यसका संस्थापक सेबस्टियन सोबज्याकलाई उद्धृत गर्दै चर्चित टेक साइट रिकोर्ड डटनेटले जानकारी दिएको छ।  सुमा एकाउन्ट बनाइसकेका साथीको सटकोर्ड प्रयोग गरेर (उदाहरणको लागि) नयाँ एकाउन्ट बनाउन सकिने यो सञ्जाल फेसबुक, ट्विटरका प्रयोगकर्तालाई खासै नौलो लाग्दैन।

स्टेटस अपडेट, लाइक, कमेन्ट, सेयर, म्यासेज, फ्रेन्ड रिक्वेस्ट, एसेप्ट, फलोलगायतका सुविधा यसमा छ। चर्चित खेलाडी एवं हलिउड  सेलिब्रेटीमार्फत प्रमोसन गराइरहेको सुले छोटो समयमै अमेरिका, भारत, ब्राजिल, श्रीलंका, अस्ट्रेलिया आदि लगायतबाट १० लाख प्रयोगकर्ता पाइसकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१