सबैभन्दा ठूलो शक्ति ज्ञान : शिक्षामन्त्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७१, बिहीबार १५:२३

Chitralekha-Yadav_20140522054833

काठमाडौँ,  ४  मङ्सिर  । शिक्षामन्त्री चित्रलेखा यादवले एक्काइसौं शताब्दीमा सबैभन्दा ठूलो शक्ति ज्ञान हो भन्दै नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

पेइचिङ अन्तर्राष्ट्रिय शैक्षिक आदानप्रदान केन्द्र र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले आज यहाँ आयोजना गरेको ‘पेइचिङ शैक्षिक प्रदर्शनी’को उद्घाटन गर्दै उहाँले राष्ट्र विकासको पहिलो पूर्वाधार शिक्षा भएकाले त्यसको विकासका लागि सरकार लागिपरेको उल्लेख गर्नु भयो ।

दक्ष जनशक्ति उत्पादनका साथै नेपाली विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्तिको अवसर प्रदान गरेर चीनले निरन्तर सघाएकामा आभार प्रकट गर्दै मन्त्री यादवले यस्ता प्रदर्शनीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने धारणा राख्नु भयो ।

नेपालका लागि चीनका राजदूत उ चुन्ताइले नेपाल र चीनबीचको शैक्षिक आदनप्रदान कार्यक्रमलाई आफ्नो मुलुकले उच्च प्राथमिकता दिएको बताउँदै हाल चीनका विभिन्न शैक्षिक प्रतिष्ठानमा तीन हजार नेपाली अध्ययनरत रहेका जानकारी दिनुभयो ।

उहाँले यस्ता प्रदर्शनीबाट चीन–नेपाल सम्बन्ध अझ प्रगाढ बनाउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एकदिने उक्त प्रदर्शनीमा चीनका प्रतिष्ठित १४ वटा शैक्षिक प्रतिष्ठानको सहभागिता छ । प्रदर्शनी चिनियाँ राजदूतावासको सहयोगमा आयोजना गरिएको हो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१