मानिस पृथ्वीबाट मंगल ग्रहमा बसाई सर्ने तरखर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७१, बिहीबार १३:३९
आखिर धर्म शास्त्रले भनेजस्तो के पृथ्वीलाई शेष नागलेनै काँध थापेको हो त  ? जीवन कहिलेसम्म रहला ? के मंगल नै हो अर्को विकल्प ?  सुर्य बाट करिब १४२ मिलियन माइल टाढा रहेको मंगल गह्रमा मानव बस्तीको सम्भावना रहेनरहेको अध्ययनको लागि धेरै डलर खर्च भइसकेको छ। अनेकौ Mars rover ( मंगल गह्रमा चल्न सक्ने श्वचालित मोटर ) को प्रयोग भइसकेको छ । पृथ्वीबाट अन्तरिक्षयानमा २६ महिना पुग्नलाइ नै लाग्ने ठाउमा खर्बौ डलर किन खर्च भइरहेको छ त ?
मंगल ग्रहको अहिले सम्मको अनुसन्धानको कथा सन् १९६५ जुलाइ १४ को ( Mariner 4 Flyby) पहिलो मगल ग्रहको तस्बिर बाट सुरु भएको थियो।
First Image

पहिलो तस्बिर सार्वजनिक भएपछि मंगल ग्रहमा मावन वस्नको लागि अनुकुल वातावरण हुनै नसक्ने र यसमा खर्च गर्नु हुन्न भन्ने कुरा आउदा आउदै पनि नासा (NASA) ले यसमा अध्ययन सुरु गरेको थियो ।
भाइकिङ अरबिटर कम्पोजिट (Viking Orbiter Composite – 1976) 
Viking Orbiter
 
 
भाइकिङ ल्यानडर १(Viking Lander 1, 1976) ले लिएको मंगल सतहको पहिलो रंगिन तस्बिर
first color image
करिब करिब मंगल को पुरै सतहको क्षेत्रफल पृथ्वीको जमिन मात्रको क्षेत्रफलसंग बराबर हुन आउछ
mars-earth-comparison
हाम्रो सौर्य प्रणाली को सबैभन्दा ठुलो ज्वालामुखी (Olympus Mons) र सबैभन्दा ठुलो Canyon ( वरिपरि डाडाले छेकेको गहिरो भाग ) Valles Marineris पनि मंगल ग्रहमा नै छ।
mars olympus-mons
Valles Marineris Resource Kit by KingMango
 त्यतै, २०० माइल चौडा सौर्य प्रणाली को सबैभन्दा ठुलो Impact Crater ( उल्का खस्दा बनेको गहिरो खाल्डो ) पनि मंगल ग्रहमा नै रहेको छ।
Melas Dorsa impact crater perspective view large
मंगल ग्रहको सतह मा कतै कतै बढी नै चुम्बकिए क्षेत्र (strong magnetic field) पत्ता लागेको छ ।
पृथ्वी मंगल
गुरुत्व बल
(gravity)
9.807 m/s2 3.711 m/s2
पिण्ड
(Mass)
5.972E24 kg 639E21 kg
अर्धव्यास
(Radius)
6,371 km 3,390 km
१ दिनको लम्बाइ
(Length of day)
23 hours, 56 minutes and 4.1 seconds 1d 0h 40m
(Oribital period) 356 day 887 days
सु्र्यबाट दुरि
(Distance from Sun)
149,600,00Km 227,900,900Km
घनत्व
(Density)
5.52 g/cm³ 3.93 g/cm³
उपग्रह
(Moon)
Moon Phobos, Deimos
मगंल ग्रहको वायुमण्डल
C02 – 95.9%
Ar  – 2%
N2 – 1.9%
O2 – 0.14 %
CO – 0.06%
जिवनको अस्तित्वको लागि पानी आधारभुत पदार्थ हो । आज सम्म पनि मंगल ग्रहमा तरल पानीको अस्तित्व भेटिएको छैन । वायुमण्डलमा पानी को बाफ र जमेको ठोस बरफ पाइएको भने अध्ययनले देखाएको छ । नदि र ताल थियो भन्ने प्रमाण सतहमा भएको गहिरा खाल्डा र canyon हरुलेनै बताउछन् ।
उत्तर र दक्षिण ध्रुवमा पनि जमेका बरफको ठुलोमात्रा रहेको पत्ता लागेको छ।
४.६ बिलिएन वर्ष पहिले मंगल ग्रहमा पृथ्वी जस्तै जिवन को लागि अनुकुल वातावरण थियो भन्ने विश्वास गरिन्छ।
(CH4) मंगल ग्रहको वायुमण्डलमा मिथेन ग्यास पनि भेटिएको छ। जिवनको अस्तित्वको लागि मिथेन ग्यासले भुमिका खेल्ने नभएपनि यसको आफ्नै उपयोगिता छ। पृथ्वीमा भएको ९५ प्रतिशत भन्दा बढी मिथेन जिवित प्रणाली बाट उत्पन्न हुन्छ । त्यसैले मंगल ग्रहको वायुमण्डलमा मिथेन ग्यास पाइनुले त्यहा कुनै समय जिवित प्राणीहरु थिए भन्ने सम्भावाना लाइ बढाउछ ।

एजेन्सी 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१