दुताबासको कर्मचारी हुँ भन्दै नेपालीले नेपालीलाई नै ठग्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७१, बिहीबार ०७:५४

malesiya

प्रदिप राई/ नमेम्बर , क्वालालम्पुर मलेसिया। जोहरको राज्यको जेसिवाइ कम्पनीमा पीडित श्रमिकहरुसँग सुरेश श्रेष्ठ नाम बताउने कमल श्रेष्ठ र श्याम सुन्दरले आफूहरु दूताबासको कर्मचारी हुँ भन्दै ठगी गरेको पीडितहरुले बताएका छन् । उनीहरुले आफूहरुलाई नेपाली राजदूताबासले दुई महिनाको लागि जोहरमा खटाएको छ भनी जोहरमा काम गर्ने सर्बसाधारण नेपालीहरुबाट विभिन्न कामहरु गरिदिन्छौ भनी पैसा असुल्ने गरेको स्रोतले बतायो। यसै गरी कम्पनिले आन्दोलनमा सहभागी भएको भन्दै स्थानिय पुलिसको जिम्मा लगाएका स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका – ११ का शेर बहादुर
पराजुलीका नेपालमा रहेकी श्रीमती बबी पराजुलीलाई कमल श्रेष्ठ र श्याम सुन्दरले फोन गरि “हामी नेपाल दूताबास कर्मचारी हौं, तपाईंको श्रीमान यहाँ जेलमा हुनु हुन्छ। जेलबाट छुटाउन नेपाली रुपियाँ ४३,००० आवश्यक परेको छ तपाईंले छिटो पठाइदिनु नत्र तपाईंको श्रीमान बर्सौंसम्म जेल बस्छु पर्छ” भन्दै पैसा माग्ने गरेको बबीले बताइन्।
फोनबाट बारम्बार पैसा पठाइदिन भनिरहेपछि मलेसियामै रहेका बबिका आफन्त प्रदीप पराजुली र राजेश क्षेत्रीलाई बुझ्न लगाउँदा उनीहरुले शेरबहादुरलाई निकाल्न लाग्ने पैसा बैंक एकाउन्टमा तुरुन्त हालिदिन भनेका थिए । कमल श्रेष्ठ र श्याम सुन्दरले प्रदीप र राजेशलाई आफूहरु दूताबासकै कर्मचारी भएको भन्दै १५०० रिंगेट मे बैंकको बैंक खाता नं. १५११५५७११०८७७ (श्याम सुन्दर) मा पैसा हालिदिन भनेका थिए।
बैंकमा पैसा जम्मा गरिदिन भनेपछि उनीहरु शंकाको घेरामा परेका हुन्।
उनीहरुलाई निज ठगहरुको बारेमा सम्बन्धित निकायमा बुझ्दा दूताबासको कुनै पनि कर्मचारी नरहेको पत्ता लागेपछि उनीहरु पीडितहरुलाई ठगी गर्ने गिरोह भएको एसडी खत्रीले बताए । खत्रीले दूताबासका कार्यबाहक श्रम सहचारी बुद्धि भट्टराईलाई भेटेर निजहरुको बारेमा बुझ्दा दूताबासमा उनीहरु संलग्न नरहेको पुष्टि भएपछि उनीहरु ठगी गर्दै हिंड्ने गिरोह रहेको बुझिएको छ । अहिले निज कमल श्रेष्ठ र श्याम सुन्दरलाई राजदूताबासले पनि खोजी गरिरहेको भट्टराईले बताएका छन्। ।

प्रतिक्रिया