साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७१, बिहीबार ०७:२३

safe_image (5)काठमाडौं  । नेपाल पाकिस्तानमा जारी तेस्रो साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा बंगलादेशलाई १–० ले पराजित गर्दै नेपालले फाइनलमा ठाउँ पक्का गरेको हो ।

बुधबार भएको खेलको ५५औं मिनेटमा निरु थापालाई बंगलादेशी गोलकिपरले लडाएपछि पाएको पेनाल्टीलाई सजना रानाले गोलमा परिणत गरेकी हुन् । खेलमा नेपालको गोल गर्ने थुप्रै अवसरलाई बंगलादेशले विफल बनाएको थियो ।

समूहमा शतप्रतिशत नतिजा निकाल्दै समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा पुगेको थियो भने अर्को समूहको उपविजेता बन्दै बंगलादेशले अन्तिम चारमा ठाउँ बनाएको थियो ।

अब उपाधिका लागि नेपालले फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी भारतको सामना गर्नेछ । भारतले सेमिफाइनलमा श्रीलंकालाई ५–० ले पराजित गर्‍यो ।

शुक्रबार हुने फाइनल खेल नेपाल र भारतबीच हुन लागेको लगातार तेस्रो पटक हो । यसअघिका दुवै संस्करणमा भारतले नेपाललाई पराजित गर्दै उपाधि जित्नबाट रोकेको थियो ।

योपटक भने नेपाल पनि युवा जोशका साथ पाकिस्तानमा रहेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । अहिलेसम्मका चार खेलमा ३० गोल गर्दा भारतले एक गोलमात्र खाएको छ । नेपालले भने १४ गोल गर्दा कुनै गोल खाएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१