पर्वतमा शिक्षकको मृत्युपछि विद्यालयका नौ विद्यार्थी बेहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ मंसिर २०७१, बिहीबार ०७:०३

PN2

पर्बत ,४ मङ्सिर । शिक्षकको मृत्यु भएको खबर सुनेपछि पर्वतको पाखापानी गाविसमा सञ्चालित स्वधर्म माविमा अध्ययनरत नौ विद्यार्थी एकैसाथ बेहोस् भएका छन्। अघिल्लो दिन कक्षाकोठामा पढाउने क्रममा ढलेर बेहोस् भएका शिक्षक सन्तोष गुप्ताको आज मृत्यु भएको खबर पाएपछि विद्यार्थी बेहोस भएका हुन्। रुपन्देही जिल्लाको पश्चिम अभवा गाविस–४ घर भई स्वधर्म माविमा अध्यापनरत २८ वर्षीय शिक्षक गुप्ता मङगलबार कक्षाकोठामा नै बेहोस् भएका थिए । उनी बेहोस् भएपछि उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो। बुधबार विद्यालयमा प्रभातकालिन प्रार्थनाका क्रममा शिक्षकको मृत्यु भएको खबर सुनाएपछि कक्षाकोठाभित्र प्रवेश गरेका नौ विद्यार्थी बेहोस् भएका थिए । विद्यालयको कक्षा १० मा अध्ययनरत तेजकुमारी खत्री, सानु भण्डारी, कक्षा ९ मा अध्ययनरत नविता मल्ल, नविना मल्ल र टोपबहादुर थापालगायत विद्यार्थी बेहोस् भएका थिए। लुङ्खु प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरबहादुर बरालले उपचार गरिएका विद्यार्थीमा मासहिस्टेरिया देखिएको र केही दिन पठन पाठन बन्द गर्न विद्यालयलाई अनुरोध गरेको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१