चलचित्र ‘दमदार’को ‘जीक ज्याक जवानी’मा बोलको गीतमा नृत्य गरेपछि कलाकार अर्चना डेलालाको चर्चा खुबै भयो । उनले चलचित्र ‘ढुवानी’को ‘छलक छलक’ बोलको गीतमा पनि आइटम गरिन् । दुबै गीत सफल भए, तर अर्चनाले चाहेको यो थिएन । नेपाली चलचित्र नगरीमा नायिका बन्न आएकी अर्चना आइटममा जम्न थालिन् । तर, अब उनी आइटम गीत नै नगर्ने बताउँछिन् ।
उनले भनिन्-‘नेपालमा आइटम गीतलाई हेर्ने दुष्टिकोण नै गलत रहेछ ।’ चलचित्रमा नायिका नै बन्ने तयारीका साथ लागेकी अर्चना आफू अभिनित चलचित्र ‘आवेग’को शो अष्ट्रेलियामा गर्ने तरखरमा छिन् । यसैले आज अष्ट्रेलिया जान लागेकी उनी ६ महिनापछि मात्र नेेपाल र्फकने बताउँछिन् । उनले भनिन्-‘म मात्र नायिका भएर भएन । दर्शकले पनि मलाई नायिका भनेर चिन्नुपर्यो ।
यसैले, ‘आवेग’को प्रतिक्रिया हेरेर मात्र काम गर्छु ।’ ‘आवेग’मा दर्शकले नरुचाएको खण्डमा चलचित्रमा काम नगर्ने तर्क उनको छ । दर्शकले नरुचाएको खण्डमा चलचित्रमा समय बर्बाद नगर्ने अर्चनाले बताइन् । यदि दर्शकले आफूलाई माया गरे नेपाल फर्किएर चलचित्र गर्ने योजनामा उनी छिन् ।
प्रतिक्रिया