३० करोडमा बिक्यो नेपोलियनको टोपी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ मंसिर २०७१, बुधबार १५:२०
फ्रान्सका शासक नेपोलियन बोनापार्टको टोपी झण्डै ३० करोड रुपैयाँमा बिक्रि भएको छ ।एक दक्षिण कोरियाली पुरुषले उक्त टोपीलाई १९ लाख युरोमा खरीद गरेका हुन् ।सन् १८०० मा म्यारिंगोको युद्धका क्रममा नेपोलियनले उक्त घुमाउने टोपी (ह्याट) लगाएका थिए । पछि उनले उक्त टोपी आफ्ना पशु चिकित्सकलाई दिएका थिए । नेपोलियनले लगाएका १९ वटा टोपीमध्ये यो एउटा टोपी हो ।
मोनाकोका शाही परिवारले नेपोलियनको टोपी लगायतका अन्य सामानको लिलामी गरेका हुन् । मोनाकोका तत्कालिन राजा प्रिन्स लुइ द्धितियले गरेका थिए । लुइ द्धितीय मोनाकोका वर्तमान राजा पि्रन्स अल्बर्टका जिजुबा हुन् ।
मोनाकोको राजपरिवारले यो लिलामीबाट प्राप्त रकमबाट राजदरबारको मर्मत गर्ने बताइएको छ ।लिलामी आयोजना पूर्व नेपोलियनको उक्त टोपी ३-४ लाख युरोसम्ममा बिक्ने अनुमान गरिएको भएपनि दक्षिण कोरियाका टी के ली नामका व्यक्तिे उक्त टोपीलाई १९ लाख युरोमा खरीद गरे ।

नेपोलियन बोनापार्टले सन् १८०४ मा आफुलाई फ्रान्सको सम्राट घोषित गरेका थिए । सन् १८१५ को वाटरलू युद्धमा हार्नुअघि उनले युरोपका धेरै देशमा विजय प्राप्त गरिसकेका थिए ।

महंगो शुल्क तिरेर टोपी किन्ने दक्षिण कोरियाली नागरिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१